शेर्पा संघ जापानको जापानको केन्द्रीय महाधिवेशन आगामी अक्टोबर २० तारिख मा हुने भएको छ ।
टोकियोमा हुने उक्त महाधिबेशनमा सबै क्षेत्रका क्षेत्रिय प्रतिनिधिहरू कार्यसमितीका र जापानभरका शेर्पा तथा गैर शेर्पाहरुको सहभागिता हुने भएको छ । साथै महाधिबेशनमा सबै क्षेत्रको प्रतिनिधित्व गराउँदै बिधानले तोकिए बमोजिमको अधिकार र स्थानमा समेट्ने गरी गृहकार्य भईरहेको अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो ।
आफ्नो २ बर्षे कार्यकालमा धेरै सामाजिक कार्यहरू गर्न सफल भएको संघले आगामी हुने महाधिवेशनमा समाजका कार्यहरूको प्रगति विवरण सहितको प्रतिवेदनसंगै आर्थिक प्रतिवेदनलाई पनि स्पष्ट रूपमा प्रस्तुत गर्ने बताउनुभएको छ ।
साथै महाधिवेशनमा एकल जातीय संघरसंस्था र जापानमा क्रियाशिल अन्य संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिताका लागि पत्रचार गर्ने तयारी भइरहेको संघले जनाएको छ ।
शेर्पा संघ जापानको प्रत्येक कार्यकाल २ बर्षको हुने र एक कार्यकाल गरी सकेको व्यक्ति पुन: अर्को कार्यकालको लागि दोहोरिन नपाउने समेत संघको संशोधित बिधानमा उल्लेख गरिएको छ ।
अधिबेशनको समय, स्थान अनि निर्वाचन समिति,उम्मेद्वारआह्वान, मनोनयन प्रकृया सम्बन्धमा चाँडै बैठक बसेर जानकारी गराउने शेर्पा संघ जापानले जनाएको छ ।