गुन्मा, मार्च ३: शेर्पा संघ किताकान्तो जापानले “प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण, शेर्पा संघ जापानको मूल अभियान” भन्ने नाराकासाथ हिमाली बौद्ध धर्मावलम्बीहरूको महान चाड ग्याल्पो ल्होसार (शिङ मो डुल लो-२१५२ औं) भव्य रूपमा मनाउने भएको छ। आज कार्यक्रम मार्च ९ तारिख आइतबार ब्राजिल प्लाजा, ओइजुमीमा बिहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा नेपालबाट चर्चित गायक लमु शेर्पा, सोनाम कहानी, दावा के शेर्पा र कर्मा डोङ तामाङको विशेष सांगीतिक प्रस्तुति रहनेछ। डीजे नाबिन लामाले सांगीतिक माहोललाई थप तताउनेछन्। कार्यक्रममा स्थानीय कलाकारहरूले पनि विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्नेछन्, जसमा डोल्मा शेर्पाको नृत्य प्रमुख आकर्षण रहनेछ। कार्यक्रमको सञ्चालन जेनी शेर्पाले गर्नेछिन्।

शेर्पा संघ किताकान्तो जापानले आयोजना गरेको यस कार्यक्रममा सहभागी हुनको लागि दावा के शेर्पा (०७०-१२६६-४५४५), जाङ्बु शेर्पा (०९०-४५९५-५१५९), नाडा शेर्पा (०८०-४५८८-९२९७) वा पेम्बा शेर्पा (०७०-८५०५-३७९६) लाई सम्पर्क गर्न सकिनेछ। कार्यक्रमको मिडिया पार्टनरको रूपमा आफ्नै न्युज र इन्फो टिभी नेपाल रहेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय