
म्हेन्दो लामा /ओकिनावा
नेपाल तामाङ समाज ओकिनावा क्षेत्रिय समितिको आयोजनामा सोनाम ल्होछार भव्यताका साथ सम्पन्न भएको छ।
सांस्कृतिक कार्यक्रमलाई थप रोचक बनाउनको नेपालबाट आउनु भएकी डान्सर याङ्गि दोङको साथमा स्थानिय कलाकार अनिल लामा लगायतले आफ्नो मनमोहक प्रस्तुति दिएका थिए।
तामाङ समाज जापान ओकिनावा क्षेत्रिय समितिका अध्यक्ष प्रकाश जंग तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल तामाङ समाज जापान केन्द्रका अध्यक्ष कार्साङ तामाङ प्रमुख अतिथिको रुपमा थिए भने केन्द्रीय वरिष्ठ उपाध्यक्ष गिर बहादुर तामाङ, केन्द्रीय उपाध्यक्ष थिङ्ग तामाङ ,तेज बहादुर, केन्द्रीय प्रवक्ता बल राम थिङ्ग तामाङ र केन्द्रीय सल्लाहकार देबेन्द्र योन्जन लगायतका विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति थियो।
नाहा कल्चरल आर्ट्स थिएटरमा हिजो फेब्रुअरी ६ बिहिबार दिउँसो ४ बजेबाट सुरु भएको कार्यक्रममा ओकिनावामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, एनआरएन ओकिनावा क्षेत्रका अध्यक्ष देबेन्द्र खड्का, विभिन्न संस्थाका प्रतिनिधिहरु, तामाङ तथा गैर तामाङ समुदायहरुको बाक्लो उपस्थिति रहेको थियो।