तामाङ समुदायको महान चाड सोनाम ल्होछार नजिकिदै गर्दा गायक रामित लामाको ल्होछार गीतको भिडियो सार्वजनिक गरिएको छ ।
जेआर वीर तामाङ (म्लाङ्कै)ले निर्देशन गरेको यस गीतको भिडियोमा लेखक थोकरको साथमा शंकर मोक्तान र तिलक तामाङले अभिनय गरेका छन भने विभिन्न चर्चित सेलो गीतहरुको तामाङ संस्कृति झल्किने दृश्यहरुको समायोजन गरि निर्देशक जेआरले भिडियोलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।
गीतको शब्द जनक थोकर लेखेको हुन भने र संगीतमा चर्चित सेलो गायक तथा संगीतकार विशाल कल्तान रहेको छ। गायनमा विशाल कल्तान र रामित लामाको स्वर रहेको छ ।
गीतको एरेन्जर नोर्बु शेर्पा हुन् भने मिक्सिङ सुमन खड्काले गरेका छन् । भिडियोको पोस्ट प्रोडक्सन सेलो साँगालोले गरेको हो । यो भिडियोलाई Janak Thokar युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।



