टोकियो – जापानमा बसोबास गर्ने थकाली समुदायको संस्था थकाली सेवा समिति, जापानको १७औं अधिवेशन सम्पन्न भएको छ। हिजो टोकियो स्थित मन्दिर रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले बुद्धि गौचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हेमन्तकुमार शेरचन, गिरी शेरचन र यशोदा गौचन चयन भएका छन्। राणु शेरचन महासचिव, जितप्रसाद शेरचन प्रवक्ता, अमूल गौचन सचिव, सन्जीव गौचन सहसचिव, अरुण भट्टचन कोषाध्यक्ष, जीवन भट्टचन सहकोषाध्यक्ष र घनश्याम मञ्चन सदस्यमा निर्वाचित भएका छन्।

त्यस्तै, कुमार शेरचन, प्रेम शेरचन, बबिल शेरचन, जित गौचन, खिम गोचन, रविन शेरचन, उत्तम भट्टचन, महेन्द्रकुमार शेरचन, सुरेन्द्र शेजन, आनन्द शेरचन, सोम भट्टचन, हिकमत भट्टचन, जितेन्द्र शेरचन, मोहन तुलाचन, नरेश गौचन र अस्मिका शेरचन (गोचन) सदस्यमा चयन भएका छन्। मोचुजुकी कियोहिकी र प्रमिला गौचन ढंगोललाई मानार्थ सदस्यमा र गोविन्द तुलाचन, रविन शेरचन, विनोद शेरचन, ओमप्रकाश तुलाचन, ववि गौचन, बुद्धि शेरचन र राजकुमार शेरचनलाई सल्लाहकारमा मनोनित गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि संरक्षक शरदकुमार गौचनले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै संरक्षक गौचनले थकाली सेवा समितिले जापानमा नेपाली समुदायलाई जोड्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

कार्यक्रमको दोस्रो सत्रमा च्होड्जी तोरन्ल्ह (फागूपूर्णिमा) सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा जापानस्थित थकाली समुदायका कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा निकिता तुलाचन, मन्जित शेरचन, जेशिका शेरचन र कुसुम तुलाचन लगायतका कलाकारहरूले दर्शकलाई मनोरञ्जन दिलाएका थिए।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) उपाध्यक्ष रोबिन शेरचन, एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ , थसेस यूकेका अध्यक्ष खिमप्रसाद गौचन, जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष बुद्धि गौचनले कार्यक्रमको समापन गर्दै थकाली समुदायको एकता र सहकार्यमा जोड दिए।

0Shares

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय