सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरी सहितका क्षेत्रमा भारी हिमपात भैरहेको छ । जिल्लाको सदरमुकाम सहित अन्य क्षेत्रमा गएराति देखी भारी हिमपात भइरहेको छ ।

सडकमा बाक्लो हिउँ जमेका कारण सवारी साधन चल्न सकेका छैन भने जिल्लाबाट दैनिक रुपमा राजधानी काठमाडौ लगायतका स्थानहरुमा जाने सवारी  साधनहरु छुट्न्र नसकेको यातायात ब्यवसायि दोर्जी शेर्पाले बताउनुभयो ।

जसका कारण दर्जनौं यात्रु रोकिएको उहाँको भनाइ छ ।सडक मार्गबाट जिल्ला भित्रने एक मात्र नाका पत्ताले क्षेत्रको सडकमा करिब २ फिट जति हिउँ जमेकाले तत्काल यातायातका साधन चल्ने सम्भावना कम रहेको पत्ताले स्थित हाम्रा सहकर्मी भाइचुङ शेर्पाले बताउनुभयो ।

हिमपातपछि सदरमुकाम सल्लेरी, फाप्लु, नयाँ बजार लगायतका विभिन्न क्षेत्रमा हिउँ खेल्ने मनिसहरु सडकमा निस्कन थालेका छन भने हिउँ पर्ने क्रम झनै बाक्लिदै गएको स्थानीय रमेश राइले बताउनुभयो । जिल्लाको खुम्बु क्षेत्रमा करिब ११/१२ दिन यता दैनिक जसो नै हिमपात भैरहेको छ भने गएराति देखि सुरु भएको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ ।तस्बिर आङ बाबू शेर्पाको फेसबुक बाट

source:solu fm

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय