मोडल छिरिङ्ग डोमा शेर्पा
सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका १० मा (टाप्टिङ्ग –३ खामदिङ ) जन्मेका मिस ट्यालेन्ट छिरिङ्ग डोमा शेर्पा शेर्पा समुदायको एक प्रतिभाशाली नारी हुन् । हेर्दा खेरिनै लोभै लाग्दो रुप र जीउडाल भएकी शेर्पा विभिन्न गीत संगितका अभिनय गरि सकेकी छिन् भने नेपालका विभिन्न स्टेजहरुमा आफ्नो प्रतिभा प्रस्तुत गरि सकेकी छिन् । विद्यार्थी जीवनबाटनै कलाकारितामा अभिरुची राख्ने उनी सन् २०१५ मा मिस ट्यालेन्ट तथा मिस टिनेज अवार्ड हाल पार्न सफल भएकी थिईन् । त्यसै गरी सन् २०१६ मा नेपालका आदिबासी सुन्दरी प्रतियोगितामा ६० जना प्रतिसप्रधिहरु बाट मिस एलिगेन्ट हुन सफल भएकी थिईन् । भने विभिन्न प्रतियोगितामा भाग लिने शेर्पाले कुनै पनि कार्यक्रमबाट ऋतै हात फकर्नु परेको थिएन ।
यस्ता प्रतिभावान छिरिङ्ग अन्य समुदायमा राम्रारी परिचित भए पनि शेर्पा समुदायमा भने बखरै मात्रा देखेकी हुन् । शेर्पा समुदायमा हुर्केकी भए पनि समुदायको साथ राम्रो नपाएको कारण समुदायमा आउन नसकेको उनी बताउछिन् । डेढ दर्जन भन्दा बढी नेपाली अधुनिक तथा पप गीतमा अभिनय गरि सकेकी उनी शेर्पा समुदायमा शेर्पीनी कान्छी म्यूजिक भिडियो सगै प्रबेश गरेकी हुन् । पहिला परिवार र समुदायबाट कहिल्यै साथ नपाएको बताउने उनी शेर्पीनी कान्छी भिडियो पश्चात भने राम्रै साथ पाउन थालेको बताउछिन् । शेर्पा समुदायले कलाकारिता पेशालाई राम्रारी बुज्न नसकनुले गर्दा डाक्टार, इन्जिनियर, हिमाल अरोही हरुले जस्तै साथ कलाकरिता पेशालाई नभएको गुनासो पोख्छिन् । अन्य समुदायको जस्तै साथ सहयोग प्रप्ता गर्ने हो भने आफु आफ्नो समुदाय भन्दा टाढा जानु नपर्ने उनको भानई छ ।
परिवारको आर्थिक अवस्था र समुदायमा मोडलिङ्ग पेशालाई नकारत्मक व्यख्या गरेको हुनाले बखरै यस क्षेत्रमा प्रवेश गर्न कठिन भएको बताउदै आफु जस्तै यस क्षेत्रमा अभिरुची राख्ने शेर्पा नारीहरुलाई साथ सहयोग गरी शेर्पा नारीहरु पनि यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता रखेकी उनी अहिले शेर्पा गीत तथा नादिङमा समेत देख्न सकिन्छ । समुदायको साथ पाउन सके शेर्पा सामुदयमा मोडलिङ्ग क्षेत्र सँगै समजिक काम गर्ने सोच समेत राखेकी छिन् । विभिन्न गीत संगीतमा व्यास्ता रहेकी उनलाई प्रतिभाको कदर गरी अन्य देशका स्टेजहरुमा समेत अफर आउन थालेका छन् । यसै क्रममा यही २०७४ बैशाख महिनामा नयाँ बर्षको अबसर परेर भोजपुर शातेमालो सेवा समिति बहराईनको आयोजना गरिएको नयाँ बर्ष साँस्कृतिक साँझ २०७४ मा आफ्नो प्रतिभा प्रस्तुत गर्नका लगि जाने तयारीमा रहेको पनि उनले बाताएकी छिन् । यसरी बिभिन्न चुनौतिहरुको सामना गर्दै आफ्नो लक्ष्यलाई निरन्तर अगाडी बढाई रहेकी शेर्पा समुदायकी चेली छिरिङ्ग डोमा शेर्पालाई आगमी दिनमा पनि यसरीनै सफलताहरु हात पार्न सकोस हाम्रो पनि शुभकामाना ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय