काठमाडौं, ७ चैत : नेपालीको सबैभन्दा रोजाइको रोजगार देश कोरियाको आवेदन भोलि (बिहीबार) बाट खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको जनाएको छ । इच्छुकहरुले भोलिदेखि १७ गते सम्म आवेदन भर्न सक्ने छन् । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको २०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

ईपीएस नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने छ । आवेदन गर्दा लाइन बस्ने झण्झट गत वर्षबाटै हटाइएको थियो । तर, बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ । भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउने छन् ।

अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्ने छ । आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुलक ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउनुपर्नेछ । यसपटक कुल ७ हजार एक सय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३ सय कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय