काठमाडौं, पौष ९ । फिलिपिन्समा आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुने हरुको संख्या १ सय ८० नाघेको छ ।

फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको सो आँधीका कारण अरु कैयौं बेपत्ता भएकाे अधिकारीहरूले जनाएका छन् ।

आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन् । घटनास्थलमा उद्धारकर्मी खटिएका छन् । केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ । सयौँ घरहरु ध्वस्त भएका छन् भने कतिपय गाउँ नै मासिएका छन् ।

फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने गरेको छ । यस आँधीको कारण सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ ।

श्रोत अनलाइन खबर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय