खिमलाल, युएई ,२२ अगस्ट २०१७ रोजगारिका लागी युएई पुगेका नेपालीहरु मिलेर स्थापना गरिएका विभिन्न सामाजिक संस्थाहरु, जिल्लागत संस्थाहरु, जातिगत संस्थाहरुको साथमा युएईमा आफ्नै ब्यबसाय संचालन गर्दै आइरहेका ब्यबसायीहरु एकजुट भएर बाढीपिडित राहत संकलन कार्यमा जुटिरहेका छन् | युएईमा संस्थाहरु जिल्लागत, जातीगत रुपमा स्थापना गरिएतापनि अहिले भने सबै मिलेर उदाहरणीय कार्य गरेका छन् | रोजगारको शिलशिलामा युएई आएर पनि आपतबिपतमा परेकाहरुको लागि सहयोग गर्ने हेतुले स्थापित करिब चार दर्जन भन्दा बढि संघ संस्थारु मिलेर युएईमा ” बाढी पिडित राहत उद्दार संयन्त्र युएई” नामक समिति गठन गरेर सक्रिय रुपमा राहतसंकलन अभियान चलाएका छन् | देशमा केहिदिन अगाडी परेको अविरल बर्षाका कारण तराइका अधिकांश भूभागहरु जलमग्न हुनुको साथै करोडौ धनाजको क्षति भएको थियो भने हजारौले ज्यान गुमाएका थिए | हजारौ घरबार बिहिन हुन पुगे, ओत लाग्ने ठाउ थिएन यहाँ सम्म कि मृत्यु भईसकेका आफन्तको दाहसंस्कार गर्ने ठाउ पनि थिएन | जताततै जलमग्न भएको थियो | संयुक्त संयन्त्र युएईका संयोजक पाशाङ् शेर्पाका अनुसार युएईमा संकलित रकम तराईका बिभिन्नबाढीपिडित जिल्लाहरुमा सम्बन्धित पिडितकै हातमा हस्तान्तरण गरिने बताएका छन् | उनका अनुसार अहिलेसम्म संकलित करिब चार लाख रुपैया तराईका बाढी पिडित जिल्लाहरुमा वितरण गरिसकेको बताएका छन् | जस अनुरुप संयुक संयन्त्र समितिले युएईमा संकलित रकम पहिलो चरणको राहत वितरण तराईका जिल्लाहरु, सुनसरी, सर्लाही, सिराहा र सप्तरीमा वितरण भईसकेको संयोजक शेर्पाले जानकारी गराएका छन् | संयुक्त संयन्त्र युएईले बाढीपिडित राहत स्वरूप पहिलो किस्ता ४ लाख रुपैया सम्बन्धित ठाउमा पठाइसकेको छ भने दोश्रो राहत संकलनका लागि आ-आफ्नो ठाउबाट सक्दो सहयोग गरिदिनका लागि युएईमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत युएईमा संचालित विभिन्न संघ संस्था एवं ब्यबसायीहरुलाई अपिल समेत गरेको छ | युएईमा बाढीपिडितको नाममा संकलित रकमलाई पारदर्शी र निश्पक्ष बनाउनका लागि सोशल क्लबका अध्यक्ष शालिक सुबेदीको संयोजकत्वमा राहत संकलन तथा वितरण समितिती तय गरिएको छ जसले संकलित रकमको सम्पूर्ण सत्य तथ्य विवरण सार्बजानिक रुपमा सम्पूर्ण संघ संस्था तथा बुद्दीजीबी, समाजसेवी,ब्यबसायी लगायत सहयोगी दाताहरु समक्ष सार्बजानिक गर्ने गठित संयुक्त संयन्त्रले सामाजिक संजाल मार्फत जनाएको छ |

संयुक्त संयन्त्र युएईले बाढिपिडितहरुको सहयोगार्थको लागि अहिलेसम्म राहत अभियानमा निम्न संस्थाहरुले साथ दिनुको साथै सहकार्य गरिरहेका बताएको छ |

१. डिडिए ग्रुप
२. ताप्लेजुंग समाज सेवा युएई
३. दाङ देउखुरी समाज युएई
४. नेपाल आदिवासी जनजाति महासंघ युएई
५. शेर्पा किदुग युएई
६. म्याग्दी प्रवासी नेपाली संघ
७. स्याङ्जा सहयोग समाज, युएई
८. किरात राइ यायोक्खा शाखा युएई
९. सर्लाही सेवा समाज, युएई
१०. प्रवासी नेपाली एकता समाज युएई
११. धादिङ समाज युएई
१२. नेपाल मगर संघ शाखा युएई
१३. अर्घाखाँची सम्पर्क समिती युएई
१४. चितवन समाज युएई
१५. दलित एकता संजाल नेपाल, युएई
१६. गोरखा सेवा समाज युएई
१७. कास्की आदर्श सेवा समाज युएई
१८. काभ्रे सेवा समाज, युएई
१९. लुम्बिनी वेलफेयर सोसाइटी, युएई
२०. नमस्ते ट्राभल्स & टुरिजम युएई
२१. नवलपरासी सेवा समाज युएई
२२. नेपाल विश्व सहयोग संघ (युएई)
२३. नेपाली कलाकार समुह युएई
२४. पर्वत सेवा समाज युएई
२५. नेपाली सोसल क्लव युएई
२६. तामाङ समाज युएई
२७. तमु समाज युएई
२८. नेवा पुच: युएई
२९. थारु कल्याणकारिणी सभा युएई
३०. सुदूर पश्चिम सेवा समाज युएई
३१. गुल्मी सेवा समाज युएई
३२. किरात याक्थुङ चुम्लुङ युएई
३३. अल सम्हा टावर क्याफ्टेरिया
३४. नेपाली समाज युएई
३५. हामी नेपाली एसोसिएसन युएई
३६. सन एन्ड मुन ट्राभल्स युएई
३७. प्रवासी भुजेल समाज सेवा समिती युएई
३८. पाल्पाली समाज युएई
३९. मितेरी समाज युएई
४०. सुनुवार सेवा समाज शाखा युएई
४१. बाग्लुङ सेवा समाज युएई
४२. त्रिशुली समाज युएई
४३. प्रवासी माझी समाज युएई
४४. लिल फङ घले समाज युएई
४५. फिस्टेल ट्राभल्स युएई
४६. रुपन्देही सेवा समाज युएई
४७. अन्तराष्ट्रीय नेपाली कलाकार समाज युएई
४८. नेप्लिज मुस्लिम सोसाइटी, युएई
४९. नेपाल बिजीनेस काउन्सिल युएई
५०. सिन्धुपाल्चोक सेवा समाज युएई
५१. विश्वकर्मा समाज नेपाल,युएई

अहिले सम्म युएईमा सक्रिय सामाजिक, जातिय, जिल्लागत संघ सस्था,ब्यबसायी तथा सामाजिक अभियन्ताहरुले बाढीपिडित राहत उद्धार संयन्त्र युएइद्वारा पीडितहरुको सहयोगार्थ आर्थिक संकलन अभियानमा निम्न लिखित संघ सस्था तथा ब्याक्तिहरुले सहयोग रकम उपलब्ध गराईसकेको संयुक्त संयन्त्र युएईले जानकारी गराएको छ |

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय