
शेर्पा संघ दक्षिण कोरियाले वार्षिक साधारण सभा तथा शुभ कामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ। बुधबार राजधानि साैल स्थित नेपाल हाउसमा आयोजना गरिएको सभाले संघकाे विधान पारित गरेकाे छ ।
संघका अध्यक्ष शेर साङबो शेर्पाकाे सभापतित्व तथा अादिवासि जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तानकाे प्रमुख अातित्यथामा सम्पन्न सभामा संघकाे वार्षिक प्रगति विवरण संघका महासचिव नावा रिन्जी शेर्पाले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दाछेदर शेर्पाले ेवार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरे।अाफ्नाे शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि माेक्तानले शेर्पाकाे नामबाट नेपाललाई चिनिएकाे तर राज्यले संधै अादिवादि जनजातिलाई विभेदमा पारिएकाे बताउनुभयाे । अध्यक्षकाे मन्तव्य दिदै संघका अध्यक्ष शेर्पाले काेरयाबासि सम्पुर्ण शेर्पाहरुले एकताबद्द भई अगाडि बढ्नुपर्ने बताउनुभयाे । साथै विश्व शेर्पा सम्मेलन र नेपाल शेर्पा संघकाे केन्द्रिय भवनखरिदमा अझै अार्थिक अपुग रहेकाेले स्वएच्छाले सहयाेग गर्न परि अनुराेध गरे। संघले अहिले विश्व शेर्पा सम्मेलन र भवन खरिद छुट्टाछुट्टै शिर्षकमा रकम संकलन गरिरहेकाे र चाँडै नेपाल पठाईने शेर्पाले जानकारि दिए ।
दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा अाैपाचारिक कार्यक्रमकाे समापन पछि कार्यसमितिको विभिन्न रिक्त पदहरुमा पदपूर्ति तथा संघकाे अागामि कार्यक्रमहरुलाई थप प्रभावकारि र प्रगतिशील बनाउन विभिन्न बिभागहरू गठन गरिेएको छ। जसअन्तर्गत
१ सांस्कृतिक विभाग संयोजकमा–युगेल शेर्पा
२ संचार विभाग संयोजकमा–आङ माया शेर्पा
३ खेलकूद विभाग संयोजकमा–सोनाम शेर्पा
रहेका छन ।
सभामा काेरिया स्थित विभिन्न नेपाली संघ संस्था, राजनैतिक दल,पत्रकार तथा काेरिबासि शेर्पाहरुकाे उल्लेख्य उपस्थित रहेकाे थियाे ।