
दक्षिण कोरिया: प्रवासमा भैपरि आउने समस्या समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको आयोजनामा फेब्रुअरी १० तारिख सलनालको दोश्रो दिन हुन लागेको “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक भएको छ।
“नेपालको सान विश्वको सर्वोच्च शिखर सगरमाथा सोलुखुम्बुको पहिचान”भन्ने मुल नारा लिएर सन् २००३ मा कोरियामा रहेका सोलुखुम्बु बासिहरु मिलेर स्थापना गरेको सोलुखुम्बु सेवा समाजले आइतबार देङ्देमुन स्थित निक नेपाल ट्राभलको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा पोस्टर सार्बजनिक गरेको हो।
आयोजकले पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका द्वय मनिता राइ,सुनिता थेगिम र एक्टर तथा मोडल अनुषा राइको साथै स्थानिय कलाकारहरुका साथमा आपतकालिन राहत कोष स्थापनार्थ ”चोमोलोङ्मा सांगीतिक धमाका भाग-४” गर्न लागेको हो ।
सन् २००३ मा स्थापीत सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमा आपतविपत परेका नेपाली हरु लाइ सहयोग गर्दै आइरहेको छ। “चोमोलोङ्मा सांगितिक सौगात भाग -४”कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर तयरी तिव्र रुपमा अघि बढिरहेको बताएको छ ।