निलुवा समाज पोर्तुगलको बार्षिक भेला चियापान कार्यक्रम तथा साथै संस्थाको टिसर्ट बितरण कार्यक्रम अप्रिल २२ तारिखका दिन सम्पन्न पोर्तुगलको लागोसमा सम्पन्न भएको छ ।

बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान’ भन्ने मूल नाराका साथ सन् २०२३मा निलुवा समाज पोर्तुगलको गठन भएको थियो ।

रोजगारिको शिलशिलमा बिभिन्न पेसामा पोर्तुगल लाई कर्मभुमी बनाउनुभएका बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वडा नः४ का युवाहरुले पोर्तुगलमा निलुवा समाज पोर्तुगल स्थापना गरेको एक बर्ष पूरा गरेको अबसरमा बार्षिक भेला तथा भेटघाट चियापानको साथै सस्थाको टिसर्ट बितरण कार्यक्रम पोर्तुगलको लागोसमा सम्पन्न भएको अध्यक्ष डिलाराम सुबेदिले जानाकारी गराए ।

जसमा सस्थाको बार्षिक उन्नति प्रगती विवरण सचिव जयलाल सुवेदीले प्रतुत गरेका थियो ।सस्थाको बार्सिक आम्दानी र खर्च विवरण लगायत आर्थिक प्रतिबेदन कोषाध्यक्ष बिकास सुबेदीले प्रस्तुत गरेका थियो ।

कार्यक्रम निलुवा समाज पोर्तुगलका अध्यक्ष डिलाराम सुबेदिको अध्यक्षमा बसेको थियो ।जसको संचालन सस्थाको सचिब जयलाल सुबेदिले गर्नु भएको थियो। कार्यक्रमको स्वागत मन्तव्य सस्थाको सह सचिब केदार सुबेदिले राख्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले कर्मभूमिमा रहेर पनि आफ्नो जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट पूरा गरेको बताएका थिए ।
आगामी दिनमा पनि समाज लाई अझै गतिसील बनाउदै अगी बड्नु पर्ने उपाध्यक्ष सिमलाल सुवेदीले बताए । निलुवा समाज पोर्तुगलका अध्यक्ष डिलाराम सुबेदिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सस्थाको सचिब जयलाल सुबेदिले गरेका थिए भने स्वागत मन्तव्य सस्थाको सह सचिब केदार सुबेदिले राखेका थिए ।

यो समाचार दिपक सुबेदी बिप्लबको सहयोगमा तयार पारिएको हो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय