अधिकांश घरमा खोज्ने हो भने, उच्च रक्तचापको रागी भेटिन सक्छ । बुढ्यौलीसँगै उच्च रक्तचापको समस्या देखिन थाल्छ, जो स्वभाविक हो । तर, अहिले बुढ्यौलीमा मात्र होइन, युवा र किशोरहरुमा समेत यस्तो समस्या देखिन थालिएको छ ।

खासगरी वर्तमानमा हामीले जुन किसिमको जीवनयापन भोग गरिरहेका छौं, त्यो उच्च रक्तचापको कारण बनिरहेको छ । ऐशआरमपूर्ण जीवन, प्रशोधित खानेकुराको सेवन, दिनहुँको दौडधूप आदिले हामीलाई रोगी बनाउँदैछ ।
उच्च रक्तचाप हुनु भनेको रगतको प्रवाहमा अवरोध आउनु हो । जब शरीरमा रगत राम्ररी प्रवाह हुन पाउँदैन, त्यसको भार मुटुलाई पर्छ । यसैलाई रक्तचाप भनिएको हो । अहिले यस्तो समस्या किशोरहरुमा पनि देखिन थालिएको छ ।

आधुनिक उपकरणको कारण

टेलिभिजन, भिडियो गेम, कम्प्युटर र स्मार्ट फोनको अत्यधिक प्रयोगका कारण बच्चाहरुको आउडोर गेममा रुची निकै कम भइरहेको छ । यस्तो अवस्थामा उनीहरु धेरै खान्छन्, तर क्यालोरी बर्न हुन पाउँदैन । जसले गर्दा बालबच्चा तथा किशोर-किशोरीहरु मोटोपनाको शिकार बनिरहेका छन् ।

बच्चाहरुमाथि पढाईको बोझका साथै बाबुआमाले उनीहरुमाथि अपेक्षा पनि धेरै राख्छन् । यसले गर्दा उनीहरु तनावग्रस्त बन्छन् । यस्तो स्थितिमा उनीहरुको रक्तचाप असामान्य बन्न पुग्छ । किशोर-किशोरी तथा युवा-युवतीहरु जब तनावले गर्दा आफूलाई असामान्य महसुस गर्छन्, उनीहरु डाक्टरको परामर्शमा गइहाल्नुपर्छ ।

सावधानी अपनाउने

-उच्च रक्तचापको कुनै स्थाई उपचार हुँदैन । यसलाई खानपानमा सुधार, स्वस्थ जीवनशैली, र औषधिबाट नियन्त्रित गर्न सकिन्छ । एकपटक ब्लड प्रेसर बढेको थाहा भइसकेपछि औषधि नियमित सेवन गर्नुपर्छ र डाक्टरको नियमित सम्पर्कमा बस्नुपर्छ ।

-उच्च रक्तचापको अवस्थामा दुई कुरामा ध्यान दिन आवश्यक हुन्छ । धूम्रपानको लत र कोलस्ट्रोलको स्तर बढ्नु हृदयघातको कारण बन्ने गर्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्तिहरुले धुम्रपान त्यागिहाल्नुपर्छ ।

-मानसिक तनाव पनि उच्च रक्तचापको समस्याको एउटा ठूलो कारण हो । त्यसैले तनावलाई आफूमा हावी हुन दिनुहुन्न ।

– उच्च रक्तचाप भएकाहरुले खानपानमा संयम अपनाउनुपर्छ ।

-उच्च रक्तचाप भएकाहरुले खानामा नूनको मात्रा प्रतिदित ३.४ ग्रामभन्दा बढि लिनु हुँदैन । आहारामा आधा चम्चा नून कम गर्दा पनि उच्च रक्तचाप सामान्य स्तरमा आउन सक्छ ।

उमेरको हिसाबले कति हुनुपर्छ रक्तचाप ?

१५ देखि १८ वर्षसम्म

पुरुषः ११७-७७ mmHg

महिलाः १२०-८५ mmHg

१९देखि २४ वर्षसम्म

पुरुषः १२०-७९ mmHg

महिलाः १२०-७९ mmHg

२५ देखि २९ वर्षसम्म

पुरुषः १२०-८० mmHg

महिलाः १२०-८० mmHg

३० देखि ३५ वर्षसम्म

पुरुषः १२२-८१ mmHg

महिलाः १२३-८२ mmHg

३६ देखि ३९ वर्षसम्म

पुरुषः १२३-८२ mmHg

महिलाः १२४-८३ mmHg

४० देखि ४५ वर्षसम्म

पुरुषः १२४-८३ mmHg

महिलाः १२५-८३ mmHg

४६ देखि ४९ वर्षसम्म

पुरुषः १२६-८४ mmHg

महिलाः १२७-८४ mmHg

५० देखि ५५ वर्षसम्म

पुरुषः १२८-८५ mmHg

महिलाः १२९-८५ mmHg

५६ देखि ५९ वर्षसम्म

पुरुषः १३१-३७ mmHg

महिलाः १३०-८६ mmHg

६० देखि माथि

पुरुषः १३५-८८ mmHg

महिला १३४-८४ mmHg

२०७४ माघ १२ गते ११:१५ मा प्रकाशित

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय