महिनावारी एक प्राकृतिक प्रक्रिया हो । महिलाको जीवनको एक अभिन्न अंगका रुपमा महिनावारीलाई लिन सकिन्छ । सामान्यतया यो प्रक्रिया ११(१२ वर्ष देखि सुरु हुन्छ र ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यो समयमा महिलालाई चिडचिडाहट हुने, शरिर दुख्ने, पेट दुख्नेलगायतका विभिन्न समस्या देखा पर्दछ । सबैलाई लाग्छ महिनावारीको समयमा हुने रक्तश्राव रातो नै हुन्छ । तर वास्तवमा त्यसो हुँदैन । रगतको बाक्लो, खैरो, गाढा रातो र गुलावी रंगको हुन्छ । रगतका विभिन्न रंगले स्वास्थ्य स्थिती ठिक छ कि छैन भन्नेबारे संकेत गर्दछ ।

बाक्लो रगत तथा खैरो रंग ( यदि रगत बाक्लो तथा हल्का खैरो रंगको देखा पर्दछ भने यो पुरानो रगत हो । महिनावारी अनियमित रुपमा भइरहेको छ । यो रगत लामो समयसम्म पाठेघरमा जाम भएर बसेको हुन्छ र महिनावारीको समयमा ढिक्का बनेर बाहिर निस्कन्छ ।

गाढा रातो रंग यो रगत – ताजा र चाडैं बाहिर निस्केको रगत मानिन्छ । यो रगत फिक्का हुन्छ । तर महिनावारी भएको पहिलो दिन बाक्लो रुपमा रक्त श्राव हुन्छ ।

हल्का रातो रंग – यदि रक्तश्राव फिक्का तथा रातो हल्का भइरहेको छ भने तपाइ स्वस्थ हुनुहुन्छ । यस्तो रगत महिनावारि भएको चौथो दिनसम्म फ्लो भइरहन्छ ।

कालो तथा गाढा रातो ( कालो रगत खतराको संकेत हो । पाठेघरमा संक्रमण भएको कारण यस्तो रगत देखा पर्न थाल्छ । यसको कारण पछि गएर गर्भ नरहने समेत हुन सक्छ ।

गुलाबी रंग –यदि महिनावारीको समयमा यस्तो रगत देखा परेमा पाठेघरमा संक्रमणको समस्या हुन सक्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय