पोर्तुगल, आवासीय नेपाली संघ लक्जम्बर्गमा अर्को महिना हुन गइरहेको युरोपस्तरिय ११ औँ क्षेत्रिय भेलाका लागि गठित मिडिया समिति विवादमा आएको छ ।
नेपाल पत्रकार महासंघ युरोप शाखाले उक्त मिडिया समितिमा शाखालाई वेवास्ता गरिएको भन्दै घोर आपत्ति जनाएको छ ।
शाखाका अध्यक्ष केजिन राइ र महासचिव योगेन्द ्रमिलन छन्त्यालले एक विज्ञाप्ति जारी गर्दै समिति पुर्नगठनका लागि माग सहित त्यसलाई यथावत राखे एनआरएनलाई नै बहिष्कार गर्ने चेतवानी समेत दिएका छन् ।
एनआरएनले आफुलाई सबै गैरआवासीय नेपालीहरुको साझा संस्था भनेर दावी गरिरहदा यो सस्था व्यवहार त केही व्याक्तिको रवाफ र दवावमा मात्रै चल्ने र उनीहरुका आसेपासेहरुलाई मात्र खल्तीमा हालेर आफ्नो गुनगान गाउन लगाउने प्रबृति जारी छ , विज्ञप्तीमा उल्लेख छ, यस प्रकारको प्रबृतिको अन्त्य नभएसम्म गैरआवासीय नेपाली सघं सबै गैर आवासीय नेपालीहरुको साझा संस्था हुनै सक्दैन
गैर अवासीय नेपाली संघको युरोप क्षेत्रीय तयारी समितिको हालै सम्पन्न बैठकले चिरन शर्माको संयोजकत्वमा समिति गठन गरेको बताइएको थियो । जुलाइ २१ र ३० तारिख लक्जेम्बर्गमा हुने ११ औँ क्षेत्रिय सम्मेलनको प्रचारप्रचार र सम्मेलनपछि विशेष सेमिनार (सम्मेलन विशेषाक) प्रकाशन गर्न सो समिति गठन गरिएको एनआरएन युरोप क्षेत्रीय संयोजक शिव बरुवालको भनाइ उधृत गर्दै समाचार आएको थियो ।

source: we nepali

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय