कोरिया, दक्षिण कोरियामा एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ ।
खोङ्जुसी खेरङ्म्यन क्षेत्रमा कार्यरत उदयपुर कटारीका दिपक कार्कीको निधन भएको हो ।

साझ कार्कीसँगै काम गर्ने साथीले बिहान ड्युटी जाने समयमा नउठेपछि बोलाउँन जाँदा उनी मृत भेटिएको बताइएको छ ।

इपिएस मार्फत ६ महिना अघि कोरिया आएका २१ बर्षीय कार्की घरको एक्लो छोरा हुन् भने उनको घरमा आमाबुवा र ४ जना दिदीबहिनी रहेको बताइएको छ ।

केहि समय यता कोरियामा थुप्रै अप्रिय घटना घट्ने क्रम बढिरहेकोले कोरियाका नेपालीहरू स्तब्ध छन् । २ हप्ता पहिले मात्रै एक नेपालीको मेसिनले च्यापेर मृत्यु भएको थियो ।
श्रोत हिमाली टाइम्स

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय