सोल-दक्षिण कोरियामा एक जना नेपाली कामदारले आत्महत्या गरेका छन् ।भाषा अनुवादक मुक्त गुरुङले दिएको जानकारी अनुसार पाल्पाका कुशबहादुर थापा (कुशल) ले आफ्नो घाटीमा आफैले चक्कु प्रहार गरि आत्महत्या गरेका हुन् ।गुरुङका अनुसार पाँच वर्ष कोरिया बसेर नेपाल गएर फेरि आएका थापाले सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् ।

थापाले नोटमा ‘कुलतको ओवरडोज ले सेन्स(चेत)गुमाउदै छु।जति दिन यो सन्सारमा बाचे खुसीको साथ र हिम्मतको साथ बाच्न सके। इश्वरलाई करोड धन्यवाद ।하나님께 감사합니다 ‘ लेखेका छन् । ख्यांगीदो पोछनको एक कम्पनिमा कार्यरत थापाले आत्महत्या गरेपछि सो कम्पनीमा कार्यरत अन्य ३ नेपाली कामदारलाई प्रहरीले सोधपुछ गरेको छ । त्यहाँ कार्यरत एक नेपालीका अनुसार थापाले आफैलाई चक्कु प्रहार गरेर मृत भै सकेको अवस्थामा अन्य साथीहरुले देखेपछि प्रहरीलाई खबर गरेको थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय