काठमाडौं,कार्तिक २७ । म्यानमारकी नेतृ आङ साङ सुकिलाई दिएको प्रतिष्ठित पुरस्कार एम्नेष्टी ईन्टरनेशनलले फिर्ता लिएको छ ।
रोहिंग्या अल्पसंख्यकको मामिलामा संवेदनहिनता देखाएको भन्दै सुकिलाई दिएको एम्बासडर अफ कनसाईन्स अवार्ड एम्नेष्टीले फिर्ता लिएको हो । म्यानमारमा सैन्य कारवाहीका कारण रोहिंग्या समुदायका ७ लाख बढी नागरिक बंगलादेशको शरणमा छन् ।
७३ वर्षिय सुकिलाई यसअघि क्यानडाले दिएको मानार्थ नागरिकको सम्मान समेत खोसेको थियो । एम्नेष्टीका महासचिव कुमी नाईडोले सुची हौसला, आशा र मानवअधिकारको संरक्षकको छविमा कायम नरहेको उल्लेख गर्नुभएको छ । सैन्य कारबाही भएको सत्यलाई नकार्नु सुचीका लागि हानिकारण भएको बीबीसीले उदृत गरेको छ ।
म्यानमारमा प्रजातन्त्रका लागि लामो समय संघर्ष गरेकी नेतृ सुकी सन् २००९ मा नजरबन्दकै अवस्थामा नोबेल शान्ती पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।
श्रोत इकान्तिपुर





