नेपाली जनप्रगतिशील मञ्च (N.P.P.F.)दक्षिण कोरियाको ईन्छन् क्षेत्रीय कमिटीको ऐतिहासिक सम्मेलन कोरोना महामारीलाई मध्यनजर गर्दै सुरक्षित विधि तथा मापदण्ड अवलम्बन गरी दोङईन्छन् शहरमा सम्पन्न भएको छ।
आज अगष्ट 22 तारिख आइतबारका दिन सम्पन्न सम्मेलन कार्यक्रम नेपाली जनप्रगतिशील मञ्च (N.P.P.F.) दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष कमरेड दिलीप धितालको विशेष निर्देशनमा कोभिड १९ को जोखिमबाट सावधान रहँदै ONLINE माध्यमद्वारा सम्पन्न गरिएको छ।
नेपालीजनप्रगतिशील मञ्च (N.P.P.F.) दक्षिण कोरियाका केन्द्रीय सदस्य कमरेड बुद्धि बहादुर तामाङको सभापतित्वमा सम्पन्नु सम्मेलनको प्रमुख नेपाली जनप्रगतिशील मञ्च (N.P.P.F.) दक्षिण कोरियाका केन्द्रीय सदस्य कमरेड जीवन खतिवडा र विशेष सल्लाहकार कमरेड गणेश थापा मगर रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन कमरेड निर्मल राईले गर्नुभएको थियो।
सम्मेलनले पार्टी र सङ्गठनप्रतिको आस्था र विश्वास प्रवासी भूमिमासमेत सशक्त र जीवन्त बनाइराख्नको निमित्त दृढतापूर्वक आत्मसाथ गर्दै समृद्ध नेपाल निर्माणमा सहयोगी भूमिका खेल्न सङ्गठित भई अगाडि बढ्ने कुरामा विशेष जोड गरेको छ। उक्त सम्मेलनले कमरेड निर्मल राईको नेतृत्वमा निम्नानुसार ९ सदस्यीय ईन्छन् क्षेत्रीय कमिटी निर्वाचित गरेको छ।
१. अध्यक्ष: निर्मल राई
२. सचिव : राजु तामाङ
३. सदस्य: थविन पिठाकोटे मगर
४. सदस्य: चिसोन राई
५. सदस्य: प्रदीप कार्की
६. सदस्य: भीम बस्नेत
७. सदस्य: राज श्रेष्ठ
८. सदस्य: लाल खड्का
९. सदस्य: मिन केसी
त्यस्तै ईन्छन् क्षेत्रीय कमिटि अन्तर्गत
१.ईन्चार्ज: जीवन खतिवडा
२.सहईन्चार्ज: बुध्दि बहादुर तामाङ
३.प्रमुख सल्लाहकार: जयराम ढुङ्गाना
४.सल्लाहकार: गणेश थापा मगर
रहनुभएको छ।





