दोहा / कतारमा आज शुक्रबार मार्च ४ गते “क्षु फो ताग ल्हो २१४९ औ ग्याल्पो ल्होसार” चाड भब्यताका साथ मनाइएको छ ।

“भाषा धर्म कला र सस्कृती हाम्रो पहिचान,जातीय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान” भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना गरिएको संस्था “शेर्पा किदुग दोहा कतार”को आयोजनामा (२१४९ )औ ग्याल्पो ल्होसार चाड दोहा स्थित सलिमार इस्तान्बुल रेस्टुरेन्ट नज्माको सभाहलमा सम्पन्न गरिएको हो ।

कोभिड -१९ का कारण बिगत दुईबर्ष देखि अनलाईन भर्चुवल कार्यक्रममै सिमित रहेको ल्होसारलाई महामारी पछि पहिलोपटक भब्य रुपमा कतार सरकारको मापदण्ड हरु पूरागर्दै “शेर्पा कला संस्कृति झल्किने ” विविध सांस्कृतिक सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्दै ग्याल्पो ल्होसार´ चाड मनाइएको हो ।

संस्थाका अध्यक्ष तेन्जी शेर्पाको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुस्वतम सुनुवारको प्रमुख आथित्यमा,एनआरएनए कतारका कोषाध्यक्ष बिनोद प्रसाद बसौलाको विशेष आथित्य ,महासंघ कतारमा आबद्ध विभिन्न मातृ सङ्गसंस्थाका प्रतिनिधि, लामा गुरु, कलाकार,बुद्धिजिबी पत्रकार लगाएत शेर्पा तथा गैर शेर्पा नेपाली दाजुभाई तथा दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो।

सभापती, लामागुरु, प्रमुख अतिथि लगायत बाट ब्यानर उट्घाटन दिप प्रज्वलन तथा रास्ट्रिय गान गाउदै औपचारिक कार्यक्रमको सुचारु गरिएको थियो ।

उपस्थित सम्पुर्णलाई संस्थाका उपाध्यक्ष रबिन शेर्पाले स्वागत मन्तव्य र ग्याल्पो ल्होसार चाड के हो र यशको बिशेषता र महत्वका बारेमा वरिष्ठ उपाध्यक्षले वरिष्ठ ङवाङ फुरि शेर्पाले स्पष्ट पारेका थिए।

मन्तव्यको क्रममा प्रमुख अतिथि सुनुवारले बोल्दै,२१४९ औ ग्याल्पो ल्होसार राष्ट्रिय चाड मनाउदै प्रवासमा रहेरपनि नेपालको मौलिक संस्कृति, भेष भुषा धर्म संस्कार सस्कृतिको जगेर्ना गर्दै संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धनमा गरिएको कार्य अतुलनीय रहेको बताए ।

“सुनुवारले प्रवासमा भए पनि आफ्नो मौलिक पहिचान जाती धर्म, संस्कार,संस्कृतिको संरक्षण सम्बर्द्धन प्रबर्द्धनमा शेर्पा किदुग दोहा कतारले उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा गरेका थिए।

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष तेन्जी शेर्पाले निमन्त्रणालाई सहस्र स्वीकार्दै उपस्थित हुनुहुने सम्पुर्ण ब्यक्तित्वहरु र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।औंपाचारिक कार्यक्रमको सहजीकरण संस्थाका महासचिव पेम्बा शेर्पाले सहजीकरण गरेका थिए
-मुग्लानी खबर संवाददाता

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय