दक्षिण कोरिया,(हिमाली संदेश), शेर्पा संघ दक्षिण कोरियाले आयोजना गरेको तग ल्हो २१४९औ ग्याल्बो ल्होसारको अवसरमा विश्वब्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिताको नतिजा सार्बजनिक भएको छ ।

विश्व शेर्पा संघका अध्यक्ष आङ दाेर्जी लामा प्रमुख अतिथ्यमा सम्पन्न जुम अनलाईनमा संम्पन्न एक कार्यक्रममा बिशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ दक्षिण काेरिया कार्यवाहक अध्यक्ष बिशन राई,एन आर एन ए दक्षिण काेरियाका अध्यक्ष दिपक पुन,नेपाल सम्पर्क समितिका उपाध्यक्ष हरि खनाल,नेफिन बुसान शाखाका अध्यक्ष परी गुरूङ र अतिथिहरूमा, नेपाल तामाङ घेदुङका उपाध्यक्ष राम तामाङ,तमु धिं दक्षिण काेरियाका अध्यक्ष लेसन गुरूङ,नेपाल मगर संघ द.काेरिया अध्यक्ष टेक पुन मगर,जसपा नेपाली समाजका अध्यक्ष दर्पण गुरूङ,चितवन सम्पर्क समितिका अध्यक्ष राज कुमार स्याङतान,सिन्धुपाल्चोक समाजका अध्यक्ष उत्सब खड्का,सनातन साहित्य सङ्गीत साधना समूह पाँच स का अध्यक्ष कमल भण्डारी,न्यु भिजनका अध्यक्ष दिपेन्द्र अधिकारी लगायतले २१४९ ग्याल्पो ल्होसारको शुभकामना आदान -प्रदान तथा बिश्वब्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिता बिजेतालाई शुभकामना ब्यक्त गर्नु भएको थियो।

फेसबुक लाईक र भ्युजको आधारमा विजेता छनोट गरिएको प्रतियोगितामा उमाकुण्ड-1, क्यामा हाल-एन्टवर्पेन ,बेल्जियम ल्हाक्पा याङजी शेर्पा प्रथम, सोलुखुम्बुको मिङमा सोनाम शेर्पा द्रितिय र ल्हाक्पा नुुर्बु शेर्पा न्युयाेर्क ,अमेरिका तृतीय स्थान हासिल गर्न सफल भएको छ। त्यस्तै उत्कृष्ट माैलिक भेषभुषामा सोलुखुम्बुको देछेन शेर्पा छनाेट गरिएकाे छ ।

प्रतियोगितामा निर्णायक मण्डलहरु क्रमशः नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया निवर्तमान अध्यक्ष युगेल तेण्डुप शेर्पा,हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका स्यब्रु नृत्य प्रशिक्षक पासाङ छिरिङ शेर्पा र कलाकार ल्हाक्पा छोदेन शेर्पा सम्मीलित निर्णायक मण्डलले विजेताको नतिजा सार्वजनिक गरेका हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय