अमेरिकाको न्युयोर्कस्थित शेर्पा समुदायको साझा सस्था शेर्पा किदुगले निबर्तमान अध्यक्ष उर्गेन शेर्पालाई सस्थामा प्रक्रिया विपरित गलत कार्य गरेको भनी सल्लाहकार पदबाट निलम्बन गरेको छ । निवर्तमान अध्यक्ष उर्गेनलाई हालै बसेको शेर्पा किदुग कार्यसमितिको बैठकले निलम्बन गरेको महासचिव आङछिरिङ शेर्पाले बताए ।
‘ उहाले विगतमा नेपालबाट लामा ल्याउने भनी गरेको गलत प्रक्रियाको आधारमा निलम्बन गरेको हो’ महासचिव शेर्पाले भने—‘ धार्मिक संस्थामा आगामी दिनमा कसैले पनि यस किसिमको पदको दुरुपयोग नगरोस भनेर हामीले यो निर्णय गरेको हो ’ । किदुगले कार्यसमितिको बैठक लगतै निलम्बन गरेको पत्र निवर्तमान अध्यक्ष शेर्पा र शेर्पा किदुगको संरक्षक समितिलाई समेत पठाएको थियो ।
निवर्तमान अध्यक्ष शेर्पाले किदुगको नामबाट गुम्बामा लामा पूजारी आवश्यक भएको भनी बिभिन्न समयमा ३ जना लामाहरुलाई सस्थाको अधिकारिक निर्णय बिना (R-1) आरवान भिषाको प्रकृया अगाडि बढाएको किदुगका एक सदस्यले जनाएको छ । ४ बर्षदेखि गदै आएको यो प्रक्रिया अनुसार आध्यगमनले ३ जनामा एक जना लामाको आरवान भिषा एप्रुभनै भइसकेर वकिलको कार्यलयबाट किदुगमा थप कागजत पत्र माग्द किदुगको वर्तमान कार्यसमितिले थाहा पाएर त्यो प्रक्रिया तत्कालै रोकेको जनाएको छ ।
किदुगको वर्तमान कार्यसमितिले कहिल्यै पनि नसुनेको आरवान भिषाको बारेमा वकिलको कार्यालयबाट जानकारी पाए लगतै कार्यसमितिको बैठक बसी गलत प्रक्रियाले गरेको भिषा प्रक्रिया स्थागित गर्नुको साथै दोश्रो चरणमा सल्लाहकार सहितको बैठक बसी उर्गेन शेर्पालाई सोधपुछ गरेका थिए । तेस्रो चरणमा निवर्तमान अध्यक्ष शेर्पाले गरेको भिषा प्रक्रिया गलत ढंगले भएको भनी सल्लाहकार पदबाट निलम्बन गरि कवाही गरेको छ ।
-Source:everest times news





