काठमाडौं, २१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनपछि नेपालमा कोरोना संक्रमण क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । बिहीबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाका प्रमुख डा। गुणराज लोहनीले यस्तो प्रक्षेपण गर्नुभएको हो । साउनमा ५३ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिने अनुमान गरेको मन्त्रालयले त्यसपछि क्रमशः घट्दै जाने जनाएको छ । डा। लोहनीले पेश गरेको प्रतिवेदनअनुसार साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७ सय २६, असोज महिनामा ३८ हजार ५ सय ९७ र कात्तिकमा ३१ हजार ४४ र मसिंरमा २५ हजार १ सय ८३ संक्रमित थपिने मन्त्रालयले जनाएको छ । साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको लोहनीले जानकारी दिनुभयो । पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय