स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्ला सदरमुकाम पुतलीबजारमा तपाइको मास्क खोई ? अभियान सञ्चालन गरेको छ । पुतलिबजार नगरपालिका वडा नं. १ स्थित शहिदचोकबाट स्याङ्जा बजार ,ट्राफिक चोक,अभियान पथ , ग्यालेक्सी चोक सहित स्याङ्जा बजार क्षेत्रमा कोभिड–१९ को तेस्रो लहर सम्बन्धी सचेतनामूलक माईकिङ कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ । प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अर्जुन बि.क को कमाण्डमा खटिएको १६ जना प्रहरी कर्मचारीहरुको टोलीले हाल उच्च जोखिमको अबस्थामा सुरक्षित रहनको लागी अपनाउनुपर्ने सावधानी सम्बन्धी जानकारी मुलक माईकिङ गरेको, पर्चा पम्पलेट वितरण , “तपाईको माक्स खोई” कार्यक्रम अन्तर्गत माक्स नलगाई बजारमा हिंडेका व्यक्तिहरू, सवारी चालक, सहचालक, यात्रुहरूलाई २०० थान माक्स वितरण गरिएको, उक्त सचेतनामूलक कार्यक्रम गरेको जनाएको छ । साथै वडा प्रहरी कार्यालय वालिङ र ईलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाबाट समेत कोरोना विरूद्धको जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय