काठमाडौ । शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन्। स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताउनुभयो । शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने उहाँले बताउनुभयो ।
खोप केन्द्रहरु
सशस्त्र प्रहरी अस्पताल, बलम्बु
वीरेन्द्र सैनिक अस्पताल, छाउनी
राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
वीर अस्पताल, रत्नपार्क
निजामति कर्मचारी अस्पताल, वानेश्वर
परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
शिक्षण अस्पताल, महाराजगञ्ज
ताजा समाचार
लोकप्रिय
© 2026 Afnai News सर्वाधिकार सुरक्षित





