परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीहरुको नयाँ संस्था दर्ता प्रक्रिया अगाडि बढाएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत वर्षको निर्वाचनका क्रममा विवाद भएपछि नेपाली मुलका विदेशी नागरिक मात्र रहने गरी युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएईडीओ) गठन भएको थियो ।

एनआरएनएका पूर्व उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठन भएको यूएईडीओ दर्ताका लागि मन्त्रालयमा ८ वैशाख २०७९ मै निवेदन परेको थियो ।

तर परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीहरुको एउटा मात्र संस्था हुने भन्दै दर्ता गरेको थिएन । संस्था दर्ताको माग गर्दै लामाको समूह सर्वोच्च गयो, जसमा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले साउन २०८० मा निवेदनको मागअनुसार गर्न परराष्ट्र मन्त्रालयको नाममा परमादेश दियो ।

सर्वोच्चको आदेशपछि मन्त्रालयले यूएईडीओ दर्ताका लागि परेको कागजपत्र परीक्षण गरेको छ ।मन्त्रालयका अनुसार गैर आवासीय नेपालीसम्बन्धी ऐन र नियमावलीअनुसार संस्था दर्ता गर्न संघको उद्देश्य, दर्ता गराउन चाहेनहरुको विवरण, परिचयपत्रको प्रतिलिपी, पदाधिकारीको विवरण, आर्थिक स्रोत, कार्यालय रहने स्थान र प्रस्तावित विधान बुझाउनुपर्छ ।

तर यूएईडीओ दर्ताका लागि अंग्रेजी भाषाको निवेदन, अंग्रेजीमै लेखिएको प्रस्तावित विधानका साथै ५८ जनाको विवरण र केहीको पासपोर्ट प्रतिलिपी मात्र पेश भएको पाइएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले शुक्रबार यूएईडीओ दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै कागजात झिकाउने निर्णय गरेका छन् ।यसअनुसार अब नेपाली भाषामा प्रस्तावित विधान, संघको आर्थिक स्रोत खुल्ने विवरण, कम्तिमा २५ देशका ५० जना गैरआवासीय नेपालीहरुको परिचयपत्र, पदाधिकारीको विवरण बझाउनुपर्छ । साथै संघको कार्यालय कहाँ रहने पनि खुलाउने पर्ने छ ।

@onlinekhabar

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय