अबैध बाटोबाट अमेरिका छिरेका एक नेपाली युवाको अमेरिकी हिरासतमा मृत्यु भएको छ। ३४ बर्षीय सुवास श्रेष्ठ नाम गरेका नेपाली नागरिकको टेक्सासस्थित र्कोस सिटी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा नोभेम्बर १३ का दिन सोमबार मृत्यु भएको हो।
उनी अमेरिकाको अध्यागमन तथा भन्सा विभाग(आईसीई) को हिरासतमा थिए। बन्दीगृहभित्र बसेका उनको हलचलसमेत थाहा नपाएपछि उनलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराइएको र सो क्रममै उनलाई मृत घोषित गरिएको थियो।
उनको मृत्युको कारण खुलेको छैन। मृत्युको कारण पत्ता लगाउन शव परिक्षण र त्यसको रिपोर्ट आउन बाँकी रहेको आईसीईले नोभेम्बर १४ मा जारी गरेको सूचनामा जनाएको छ।
सडकमार्गबाट अवैध तरिकाले श्रेष्ठ दुई महिना ११ दिनअघि अमेरिका छिरेका थिए।





