टोकियो/जापान। मौसम विज्ञान एजेन्सीका अनुसार अत्यन्तै शक्तिशाली अनुमान गरिएको ताइफु ७ जापानको कान्तो तथा तोहोकु क्षेत्रबाट बिस्तारै टाढा सर्दैछ । तर अझै वर्षाको बादलहरू जापानी आकासमा कायमै रहेकाले केहि स्थानहरुमा आंसिक वर्षा भइरहेको तथा हुनसक्ने सम्भावना कायमै रहेकाले बाढी/ पहिरो, हावाहुरी, उच्च छाल तथा समतल भुभागमा डुबान जस्ता प्रकोपहरु निम्तिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।

शक्तिशाली ताईफु ७,१७ तारिख बिहान ६ बजेदेखिनै २० किलोमिटर प्रतिघन्टाको गतिमा चिबा प्रिफेक्चरको च्योउसी सहरबाट २३० किलोमिटर पर समुद्रको पूर्वतिर जाँदैछ । मौसम विज्ञान एजेन्सीका अनुसार विनाशक हुनसक्ने आँकलन गरिएको ताईफुले यस पटक जापानी भूभागमा ठूला क्षतिहरु नगरिकनै अन्यत्र मोडिएको छ।

ताईफु कान्तो र तोहोकु क्षेत्रबाट टाढा सर्दै गए पनि फुकुसिमा प्रिफेक्चर सहित तोहोकु क्षेत्रको प्रशान्त क्षेत्र वरपर स्थानीय रूपमा वर्षाको बादल बनिरहेको छ।फुकुशिमा प्रिफेक्चरमा, पहिरोको जोखिम अत्यन्त उच्च रहेको भन्दै केहि क्षेत्रहरूमा पहिरो चेतावनी सूचना जारी गरिएको छ।

१७ तारिख बिहानैदेखि बुलेट ट्रेन तथा हवाई उडानहरु सुचारु गरिएको छ। १६ तारिख दिनभर संचालन बन्द गरिएको तोहोकु बुलेट ट्रेन लगायतका रेल सेवा संचालक कम्पनीहरुले आज १७ तारिख भने बिहानैदेखि साविककै अवस्थामा सेवा संचालन गरेको बताइएको छ। १६ तारिख ६ सय भन्दा बढि उडानहरु स्थगन गरिएको नारिता तथा हानेदा बिमानस्थलमा पनि आज अवस्था सामान्य बनेसंगै उडानहरु सुचारु गरिएको बताईएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय