टोकियो, जापान, २०२४ अक्टोबर ६

शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पाले दिएको जानकारी अनुसार, आज सम्पन्न गुन्मा तोचिकी क्षेत्रीय संयुक्त अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ।

वरिष्ठ गायक कलाकार दावा के शेर्पाको संयोजकत्वमा गठित नयाँ कार्यसमितिमा विभिन्न पदका लागि निम्न व्यक्तिहरू चयन भएका छन्:

* अध्यक्ष: दावा के शेर्पा
* उपाध्यक्ष: सानी शेर्पा, र्दोर्जी शेर्पा
* महासचिव: निमा तेन्डी शेर्पा
* सह सचिव: जाङबु शेर्पा
* कोषाध्यक्ष: कल्जाङ शेर्पा
* सह कोषाध्यक्ष: सोनाम शेर्पा
* सदस्यहरू: पेमा छोटी शेर्पा, दोमे सर्कि शेर्पा, रिन्जीङ लामा शेर्पा, छिरिङ शेर्पा, निमा शेर्पा, फुरी लामा शेर्पा
शेर्पा संघ जापानले नवनिर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

नवनिर्वाचित अध्यक्ष दावा के शेर्पाले यो जिम्मेवारीलाई म चुनौतीको रूपमा लिने र आफ्नो समुदाय तथा नेपाली समाजको सेवामा अझ बढी सक्रिय हुने प्रतिबद्धता जनाउँनु भयो ।

अध्यक्ष दावा के शेर्पा

नेपालमा रहँदा नेपाल शेर्पा संघको केन्द्रीय सदस्य र शेर्पा कलाकार संघको वरिष्ठ उपाध्यक्षको रूपमा सामाजिक कार्यमा सक्रिय थिएँ। विदेशमा रहँदापनि नेपालीपनलाई जोगाउँदै विश्वसामु नेपाली कला, संस्कृति र पहिचान चिनाउन निरन्तर प्रयासरत रहनेछु।
आगामी दिनमा हाम्रो कार्यसमितिले समुदायका विभिन्न पक्षलाई समेटेर काम गर्नेछ। हामी अग्रजहरूको अनुभव र समकालीन साथीहरूको जोशलाई समायोजन गर्दै संस्थालाई अझ बलियो बनाउने बताउनुभयो ।
क्षेत्रिय कार्यसमिति गठनको लागि  शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पा ,वरिष्ठ उपाध्यक्ष सोनाम लामा र महासचिव पासाङ रिन्जी शेर्पाको सहभागिता रहेको थियो ।कार्यक्रम गुन्मा स्थित  Rock sea Restaurent and bar मा बिहान ११ बजे भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय