सोलुखुम्बु सदरमुकाम छेउमै अवस्थित रहेको थेक्छेन पेमा छोलिङ गोन्पामा सम्यक संवुद्ध भगवान शाक्यमुनी वुद्धको पवित्र अस्तुधातुको स्थापना गरिएको छ ।जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी स्थित उक्त गोन्पामा अति पवित्र अस्तधातु (रिङ्सेल) को स्थापना गरिएको हो ।

सो कार्यक्रम परमपावन साङ्साङ टुल्कु रिन्पोछे र सेर्लो टुल्कु पेमा थार्चेन रिन्पोछेको विशेष उपस्थितिमा आज बुधबार स्थापना गरिएको आयोजकले जनाएको छ ।साथै सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई पवित्र अस्तुधातु (रिङ्सेल) को स्वागत र दर्शन गरी अपार पुण्यलाभ गरेका समेत आयोजकले जानकारी दिइएको छ ।आगामी दिनमा पनि दिनको एक घण्डाको समय निकालेर अस्तुधातु (रिङ्सेल) को दर्शन गर्न सकिने व्यवस्था मिलाइने बताइएको छ ।

उक्त अस्तूधातुलाई सल्लेरी स्थित केटिएम सिटि अगाडीबाट पुजाआजा गरेर तिनकुने हुदै थेक्छेन पेमा छोलिङ गोन्पाको प्राङ्गणमा पुराइएको थियो ।कार्यक्रममा २ हजार भन्दा माथि स्थानीय बासीको सँगै विभिन्न विद्यालयका विद्यार्थीहरुका साथै शिक्षकहरुको पनि उपस्थित रहेको जानकारी दिइएको छ ।
साथै थेक्छेन पेमा छोलिङ गोन्पामा साङ्साङ टुल्कु रिन्पोछे र सेर्लो टुल्कु पेमा थार्चेन रिन्पोछेलाई स्वागत गर्नका लागि शेर्पा जातिको स्याप्रो नाचले स्वागत गरिएको थियो ।कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङुबु शेर्पा, गोन्पाका सल्लाहकार तथा कार्य समितिका पदाधिकारी साथै सुरक्षाकर्मी लगाएतको उपस्थित रहेको थियो ।
news/photo-himal samachar





