विश्व शेर्पा संघले हालै सम्पन्न कार्यसमितिको बैठकमा शेर्पा समुदायको धर्म, संस्कृति र परम्परा जोगाउन केही महत्वपूर्ण निर्णय गरेको छ।

बैठकमा संस्थाका पदाधिकारीहरू र विश्वभरबाट आएका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकले जापान र अमेरिकाका शेर्पा संघले चयन गरेका नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ। साथै, विभिन्न देशका शेर्पा समुदायका सदस्यहरूको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ।

शेर्पा समुदायको विवाहमा परम्परागत संस्कृतिलाई जोड दिँदै फेमारको महत्वलाई पुनर्जीवित गर्ने र आधुनिक चलनलाई कम गर्ने निर्णय गरिएको छ। साथै, शेर्पा चाडपर्वहरूलाई वास्तविक तिथिमा मनाउने र धर्म संस्कृतिमा आधरित पूजा पाठलाई सरल र मितव्ययी बनाउने निर्णय पनि गरिएको छ।

विशेषगरी, शेर्पा समुदायको महान् चाड ग्याल्पो लोसारलाई एकरूपता दिन अबदेखि शेर्पाहरुको महान् चाड ग्याल्पो लोसार भनेर अधिकारिक पोस्टर तथा ब्यानरहरु स्पस्ट रुपमा लेख्नु पर्ने निर्णय गरिएको विश्व शेर्पा संघका महासचिब आङ जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

विश्व शेर्पा संघले गरेका यी निर्णयले शेर्पा समुदायको धर्म, संस्कृति र परम्परा जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसले शेर्पा समुदायमा एकरूपता ल्याउने र परम्परागत मूल्य मान्यतालाई संरक्षण गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय