ओकिनावा – नेपाल मगर संघ जापान, क्षेत्रीय समिति ओकिनावाको प्रथम अधिवेशन-२०२५ हालै ऐतिहासिक र भव्य रूपमा सम्पन्न भएको छ।
सन् २०२५ जुलाई ६ तारिख आइतबारका दिन “नमस्ते गाउँले” रेस्टुरेन्टमा सम्पन्न यस अधिवेशनले सन् २०२५ देखि २०२७ का लागि राम ब. थापा मगर (कुमार) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
यो अधिवेशनले ओकिनावामा मगर समुदायको सशक्त उपस्थिति र एकतालाई थप बलियो बनाएको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षहरूमा अनिल राना मगर, सूर्य राना मगर र आश्मा राना मगर चयन भएका छन्। त्यसैगरी, सचिवमा अमृत रास्के मगर, सह-सचिवमा मनोज बाचे मगर र मोनिका मगर, कोषाध्यक्षमा मोहन मगर र सह-कोषाध्यक्षमा सबिना मगर रहेका छन्।
सदस्यहरूमा सुजन किजिम मगर, अमृत राना मगर, जेम्स पुन, बालु मोक्मी मगर, पारस थापा मगर, दिलु कुमारी पुलामी, विष्णु मगर, मोहन पाइजा मगर, रामबहादुर पुन मगर, विवेक थापा मगर, अस्मिता बाचे मगर, कृतिका बुढा मगर, एलिना आले मगर, मोहन पुन मगर, जीवन मगर, गीता मगर र प्रणीत पुन मगर निर्बाचित भएका छन्।
सल्लाहकारहरूमा भने प्रितम गर्बुजा मगर, मोहन थापा मगर र नवराज पुन मगर रहेका छन्।
अधिवेशनमा नेपाल मगर संघ जापान केन्द्रका अध्यक्ष रामहरी खपाङ्गी मगर, महासचिव भिक्टर ठाडा मगर र कोषाध्यक्ष सबिन थापा मगरको उपस्थिति रहेको थियो। प्रमुख अतिथिको रूपमा रहेका केन्द्रीय अध्यक्ष रामहरी खपाङ्गी मगरले केन्द्रीय समिति र क्षेत्रीय समितिबीच राम्रो समन्वय हुनुपर्ने र जापानभरका मगरहरूलाई भाइचाराको भावनामा एकताबद्ध गराउनु कार्यसमितिको जिम्मेवारी भएको बताए।
उनले ओकिनावा क्षेत्रमा नेपाल मगर संघको क्षेत्रीय समितिले पारेको उत्कृष्ट र सकारात्मक प्रभावको प्रशंसा गर्दै आगामी कार्यकाल अझ सक्रिय भई राम्रा कामहरू गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे।
नव-निर्वाचित अध्यक्ष राम ब. थापा मगरले मगर समुदाय र मगर संस्कृतिलाई विश्वसामु चिनाउनुका साथै विश्वभरका मगरहरूलाई गोलबद्ध गराउन विभिन्न कार्यक्रमहरू गर्न सशक्त भूमिका निभाउने प्रतिज्ञा गरे।
हालैका दिनमा नेपाल मगर संघ जापान विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको र जापानभर यसको विस्तार भएको छ, जसले मगर समुदायको पहिचान र हितका लागि महत्वपूर्ण योगदान पुर्याइरहेको छ।





