टोकियो, जापान। साउने सङ्क्रान्ति (सिसेक्पा तङ्नाम) र उभौली साकेलाको अवसरमा सेक्मुरी इन्टरटेइनमेन्ट जापानले ‘द भोइस’का फाइनलिस्ट नोगेन हाङ्सारुम्बा लिम्बूको प्रमुख उपस्थितिमा “सेक्मुरी समर कन्सर्ट २०२५” आयोजना गर्ने भएको छ।

यो कन्सर्ट यही जुलाई १२ तारिख, शनिबारका दिन टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा सम्पन्न हुनेछ।
आज बिहान (जुलाई ९, बुधबार) गायक नोगेन लिम्बू हानेदा विमानस्थल हुँदै जापान आइपुगेका छन्। उनी विशेष गरी यस कन्सर्टमा आफ्नो प्रस्तुति दिन जापान आएका हुन्।

सेक्मुरी इन्टरटेइनमेन्ट जापानले जनाएअनुसार, कार्यक्रम साँझ ५ बजेदेखि रातको ९ बजेसम्म चल्नेछ। आयोजकका प्रमुख दीप लिम्बूले यसअघि नै एक सूचना जारी गर्दै ‘सेक्मुरी समर कन्सर्ट’का लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराएका थिए।

यस कन्सर्टले जापानमा रहेका नेपाली समुदायलाई साउने सङ्क्रान्ति र उभौली साकेलाको अवसरमा मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय