टोकियो, जापान: सेलो संगीतको क्षेत्रमा गायक तथा संगीतकार दावा के शेर्पाले आफ्नो गीत‘माथि त हिमालीको भिडियो सार्वजनिक गरेका छन्।

९ वर्षअघि सिर्जना गरिएको र दुई वर्षअघि रेकर्ड गरिएको यो गीत ढिलै भए पनि श्रोता तथा दर्शकमाझ आउन सफल भएको छ।

शेर्पाले आफ्नो यस सृजनालाई हेरेर र सुनेर प्रतिक्रिया दिन सम्पूर्णमा आग्रह गरेका छन्। यो गीत दावा के शेर्पाले नै लेखेका र संगीतबद्ध गरेका हुन्। यसमा उनलाई स्वरमा ल्हामु शेर्पाले साथ दिएकी छिन्।

गीतलाई अर्पण थेङ तामाङले एरेन्ज गरेका छन् भने मिक्सिङको काम कार्सङ लामाले गरेका छन्। गीत अर्पण स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको म्युजिक भिडियोमा रमेश तामाङ र साङ्मो लामाले अभिनय गरेका छन्। भिडियोलाई रमेश तामाङले निर्देशन गरेका हुन्।

उमेश शाहले क्यामेराको काम सम्हालेका छन् भने ड्रोन र सम्पादन रोशन फ्युबा तामाङले गरेका छन्। भिडियोको कलर संयोजन जोन राईले गरेका छन् भने बुद्दि तामाङले मेकअपको काम गरेका छन्। पोस्ट प्रोडक्सनको जिम्मा सेमजोङ फिल्मले लिएको छ।

आफ्नो पहिलो सांगीतिक यात्रालाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी हातहरूलाई दावा के शेर्पाले हृदयदेखि नै धन्यवाद व्यक्त गरेका छन्।

गायक शेर्पाले यसपछि लेखेका  थुप्रै गीतहरु बजारमा सार्वजनिक गरिसकेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय