काठमाण्डौँ उपत्यकामा सन् १९७० यताकै सबैभन्दा भारी वर्षा भएको छ। यस अविरल वर्षाले राजधानीलाई तहसनहस बनाएको छ। हजारौँ घर डुबानमा परेका छन्, दर्जनौँको ज्यान गएको छ भने थुप्रै बेपत्ता छन्। काठमाण्डू उपत्यकाका तीनै जिल्ला काठमाण्डौँ, ललितपुर र भक्तपुरमा गरी २,२०० भन्दा बढी घर डुबानमा परेका छन्। यस विपत्तिमा परेर ३४ जनाको मृत्यु भइसकेको छ भने २० जना अझै बेपत्ता छन्।

अत्यधिक वर्षाका कारण उपत्यकाका अधिकांश खोलानालामा बाढी आएर नदी किनारका बस्तीहरू जलमग्न भएका छन्। निजी घर, कार्यालय, सपिङ मलदेखि लिएर प्रहरी कार्यालयसम्म पनि डुबानमा परेका छन्। यस्तै, काठमाण्डौँको दक्षिणी भेगमा रहेको कुलेखानी जलविद्युत आयोजनाको बाँध तीन दशकपछि खोलिनु परेको छ। यसले गर्दा त्यस क्षेत्रमा पनि बाढीको जोखिम बढेको छ।

यस प्राकृतिक विपत्तिले जनजीवन कष्टकर बनाएको छ। हजारौँ मानिस घरबारविहीन भएका छन्। यातायात ठप्प छ, विद्यालय बन्द छन् र दैनिक जीवनका सबै गतिविधि प्रभावित भएका छन्। यस विपत्तिको सामना गर्न सरकारले उद्धार र राहतका कार्यलाई तीव्रता दिएको छ।

यस विपत्तिले हामीलाई जलवायु परिवर्तनको प्रभाव कति गम्भीर हुन सक्छ भन्ने कुराको झझल्को दिएको छ। यसबाट बच्नका लागि  सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय