वैशाख १५ मा हुने उपनिर्वाचनले इलाम क्षेत्र नम्बर २ अहिले चर्चामा छ ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको गत भदौ २५ मा निधन भएपछि रिक्त भएको इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो । प्रदेश नं १ अन्तर्गत पर्ने इलाम क्षेत्र नम्बर २ आदिवासी जनजाति भुमिपुत्रहरुको थलो भएको र प्रदेश नं १ पु:न नामाङकन संयुक्त संघर्ष समितिले बिगत १ बर्ष अगाडिदेखि अघि सारेको आन्दोलनको शान्तिपुर्ण स्वरुपलाइ संस्थागत गर्ने निर्वाचन भएको भन्दै समितिले पहिचानबादी साझा उम्मेद्वारको रुपमा समितिकै अध्यक्ष डकेन्द्रसिं थेगिमलाइ अघि सारेर चुनावी प्रचार प्रसारलाइ तीब्रता दिइरहेको छ ।
आसन्न उप निर्वाचन सहभागिता र सांसद पदको लागि नभइ ४१ घटकभन्दा बढीको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी कोशी खारेजी आन्दोलनलाइ निरन्तर अगाडि बढाउने उद्देश्यले अगाडि बढिरहेको र मतदाताहरुसंग भेटघाट गर्ने चुनाव परिचालन समिति, पहिचानको लागि युवा संगठन बिस्तार गर्ने कार्यक्रमहरु अगाडि बढाइरहेको उम्मेद्वार डकेन्द्रसिं थेगिमले बताउनुभयो ।
चुनावमा बिजयी प्राप्त गर्न सकेमा प्रदेश नं १को पुन नामाकरणको मुद्दालाइ संघीय प्रतिनिधि सभामा ब्यबस्थित रुपले लैजाने र त्यस अनुरुप प्रदेश नं १ लाइ सबै जातजाति तथा नागरिकहरुलाइ अपनत्व बोध हुनेगरी एैतिहासिक पृष्ठभुमिको आधारमा साझा नाम दिन बुलन्द आवाज उठाउने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
उम्मेद्वार थेगिमले चुनावी अभियानमा सम्पुर्ण जातिय संस्था राजनैतिक दलहरुको साथ सहयोग रहेको र अन्य प्रतिद्दन्दी उम्मेद्वारहरुको उम्मेद्वारीले चुनौती नभइ अझ सहज भएको र कदंकदाचित हार बेहोर्नुपरेमा प्रदेशको मात्र नभएर मुलुककै सम्पुर्ण उत्पीडित, शोषित आदिवासीहरुको मुद्दा कमजोर भइ पहिचानको मुद्दा निस्तेज हुने बताउनुभयो ।
कोशी प्रदेश खारेजीको जायज माग सहित अघि बढेको शान्तिपुर्ण आन्दोलनको क्रममा ज्यान घुमाएका पदम बहादुर लिम्बु( लाजेहाङ)को परिवारले पाउनुपर्ने ५ लाख रुपैया रकम दिन राज्य अझै आनाकानी गरिरहेको ,आजीवन अपांग भएका गजेन्द्र फाबो लगायत अन्य घाइतेहरु छट्पटिरहेको र अझै शरिरबाट गोलीको छर्रा निकाल्न नसकिरहेका दिक्षा क्षेत्री झुठा मुद्दा र आरोपमा तारेख धाइरहेका छन ।
उपनिर्वाचनकै संघारमा कतिपय उम्मेद्वारहरुले जेलमा रहेका आशिष लिम्बुको रिहाइ गरिदिने भनी अपबाह फैलाएर मतदाता समक्ष भोट माग्ने गरेको प्रदेश न.१ पु:न नामाङकन संयुक्त संघर्ष समितिका संयोजक तथा किरात याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष प्रेम येक्तेनले बताउनुभयो । उहाँले नेपालको राजनैतिक मोडललाइ नयाँ रुपमा मोड्न पहिचानबादी साझा उम्मेद्वार उठाउन बाध्य भएको बताउनुभयो ।
पहिचानबादी अभियान्त पदम अधिकारीले नेपालमा पहिचानको आन्दोलन एकल नश्लबादको बिरुद्द मात्र नभइ सहअस्तित्वको लागि पहिचान आन्दोलन आवस्यक रहेको र नेपालमा आदिवासी जनजातिहरुले लोकतान्रिक आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेतापनि अझै नेतृत्वमा पुग्न वा नेता बन्न नसकिरहेको यथार्थता औल्याउदै बिगत एक बर्षदेखि निरन्तर जारी आन्दोलनको साझा उम्मेद्वार र जनताको अभिमत थेगिमलाइ हार्ने छुट नभएको बताउनुभयो ।
इलामक्षेत्र नम्बर २ को उपनिर्वाचनलाइ पहिचानबादीहरुको आन्दोलनकै श्रृङखलाको संज्ञा दिदै किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष बुद्द सोङमीले यो अप्ठ्यारो परिस्थिति पहिचानबादीहरुको लागि अग्नि परिक्षाको रुपमा रहेको र पहिचानबादी उम्मेद्वारलाइ बिजयी गराउन देश बिदेशमा छरिएर रहेका सम्पुर्ण पहिचानबादीहरुको माया र सदभाव र सहयोग मिलेकोले सफल हुनेमा बिस्वस्त रहेको बताउनुभयो ।
बिगतका निर्वाचनहरुमा एउटै मुद्दा लिएर आएका उम्मेद्वारहरु घरदैलोमा आउँदा आम मतदाताहरु अलमलमा रहेको र ठुला दलहरुले अस्तित्व र पहिचानको मुद्दा उठाउदैन भन्ने मतदाताहरुको पीडादायी अवस्था महसुस भइरहेको स्थितिमा पहिचानबादीहरुको साझा उम्मेद्वार खडा गर्न सक्नुनै बिजयीको संकेत भएको बताउदै अधिवक्ता याम योङहाङले इलामको ११ वटै वडामा अपेक्षित प्रभाव पार्न र राम्रो प्रभाव रहेको ठाँउको प्रभाव कायम राख्नुपर्ने सुझाव दिनुभयो ।
प्रदेश न.१ पु:न नामाङकन संयुक्त संघर्ष समिति जापानका अध्यक्ष संजिव राइले पहिचानको आन्दोलनको लागि बिगतदेखि निरन्तर प्रवासमा रहेका नेपालीहरुलाइ जुटाउने कोशिस गरिरहेको र आसन्न निर्वाचनको प्रचार प्रसार र ब्यबस्थापनको लागि चाढै आर्थिक सहयोग संकलन गरी पठाउने प्रतिबद्दता समेत ब्यक्त गर्नुभयो ।
पाँचवटा दलले उम्मेदवार टुंगो लगाइसकेको इलाम २ मा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेका ३२ वर्षीय दुई युवाले पनि प्रचार सुरु गरिसकेका छन् । कांग्रेस र माओवादी केन्द्र उम्मेदवार चयनको प्रक्रियामा छन् ।
निर्वाचन आयोगको कार्यक्रमअनुसार चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गरिनेछ । चैत २८ गतेदेखि ०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ ।
जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयलका अनुसार, इलाम क्षेत्र न.२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको १–९, ११ र १२ र माई नगरपालिकाको वडा ६–८ समेटिएको छ । प्रदेश सभा खण्ड अन्तर्गत यस निर्वाचन क्षेत्रमा इलाम २ (क) र (ख) छन् । इलाम क्षेत्र नं २ मा पुरूष ५८ हजार ७ सय ८४ जना, महिला ५६ हजार ५ सय ५६ जना र तेश्रो लिङ्गी दुई जना गरी १ लाख १५ हजार ३ सय ४२ जना मतदाता छन् । मतदानका लागि १ सय ४९ ओटा मतदान केन्द्र र ७९ ओटा मतदान स्थल रहने आयोगले जनाएको छ ।
(यो सामग्री प्रदेश न.१ पु:न नामाङकन संयुक्त संघर्ष समिति जापानको आयोजनामा हालै सम्पन्न कोशी खारेज आन्दोलन र ईलाम २ उपनिर्वाचन उपयोगिता बिषयक जुम भर्चुअलको माध्यमबाट अन्तरकृया कार्यक्रम र बिभिन्न अनलाइनहरुको आधारमा तयार पारिएको हो । )