किरात याक्थुङ चुम्लङ संघीय कार्यसमितिले शुक्रबार, २५ असोज २०८१ (११ अक्टुबर २०२४) साँझ ७:०० बजे नेपाली समयमा जुम भर्चुअल कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रममा “दशैँ लाद्न लिम्बुवानमा के-के कानुन जारी गरियो?” र “दशै त्यागको प्रभावः युबा पुस्ताको अनुभव र आव्हान” विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

मधुराज केरुङ (मदन पुरस्कार विजेता, कियाचु, लिम्बुवान) र भगिराज इङ्नाम (इतिहासकार) ले अतिथि वक्ताको रूपमा कार्यक्रममा सम्बोधन गर्ने भएको छ । साङ्सेन वरक पन्धाक (साहित्यकार) र सीता तुम्खेवा (साहित्यकार एवम् पत्रकार) ले टिप्पणी कर्ताको रुपमा सहभागी जनाउने बताइएको छ ।





