टोकियो, जापान नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको नेतृत्वलाई लिएर विवाद देखिएको छ। हिजो एक प्रेष बिज्ञप्ति सार्वजनिक गर्दै गुरुङ समाज जापानले प्रवास संगठनको नियमावली २०७९ अनुसार नेफिन जापानको वर्तमान नेतृत्वको वैधानिकता समाप्त भएको दाबी गर्दै नयाँ अध्यक्ष सिफारिस गरेको छ।
गुरुङ समाज जापानका अनुसार, सन् २०२५ मे २४ मा भएको १९ औं महाधिवेशनका क्रममा तमु धीं जापान, गुरुङ समाज जापान र नेफिन जापानका प्रतिनिधिबीच ३ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौतामा ६ महिनाभित्र विवाद समाधान गर्ने सहमति भए पनि हालसम्म कुनै निष्कर्ष ननिस्किएको र सम्झौताको म्याद समेत सकिएको गुरुङ समाजले जनाएको छ।


नेफिन प्रवास नियमावली २०७९ को दफा ४ (क) अनुसार नेपालस्थित माृत संस्था (तमु हयूल छोज धी) बाट आधिकारिकता प्राप्त संस्थाले मात्र नेफिनमा आबद्धता पाउने व्यवस्था छ। गुरुङ समाजले आफू नेपालको आधिकारिक शाखा भएको र तमु धीं जापानको प्रतिनिधि अध्यक्ष रहिरहनु नियम विपरीत भएको दाबी गरेको छ।
सम्झौताको समय सकिएकाले गुरुङ समाज जापानले आफ्नो तर्फबाट जीवन कुमार गुरुङलाई नेफिन जापानको अध्यक्ष पदका लागि सिफारिस गरेको छ।
सन् २०२५ डिसेम्बर १२ मा नै यसबारे नेफिन जापानका अध्यक्ष र महासचिवलाई औपचारिक पत्र बुझाइए पनि हालसम्म कुनै जवाफ नआएकाले विज्ञप्ति जारी गर्नुपरेको संस्थाले जनाएको छ।
यस सम्बन्धमा नेफिन जापानका वर्तमान अध्यक्षसँग प्रतिक्रिया लिँदा, यो विषय संघीय परिषदले निर्णय गर्ने कुरा भएकोले आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन्।
प्रेष बिज्ञप्ति तल हेर्नुहोस ।






