टोकियो, जापान। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)जापानले यस वर्षको ३१औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाउने भएको छ।

‘आदिवासी जनताको आत्मनिर्णयको अधिकार: खाद्य सुरक्षा र सार्वभौमिकताको लागि मार्ग’ भन्ने मूल नाराका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको नेफिन जापानका अध्यक्ष श्री गुरुङले जानकारी दिनुभयो ।

आगामी अगस्ट ३ तारिख, आइतबारका दिन टोकियोको रोयल गार्डेन रेस्टुरेन्टमा दिउँसो १ बजेदेखि साँझ ५:३० बजेसम्म चल्ने यो सांस्कृतिक कार्यक्रममा जापानमा रहेका विभिन्न आदिवासी जनजाति समुदायको सक्रिय सहभागिता रहनेछ।

कार्यक्रमको मुख्य आयोजक नेपाल आदिवासी जनजाति महासंघ जापान रहेको छ। यस कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्थाहरूले सह-आयोजकको भूमिका निर्वाह गरिरहेका छन्। सह-आयोजक संस्थाहरूमा थकाली सेवा समिति जापान, तमु धीं जापान, नेपाल मगर संघ जापान, सेर्पा संघ जापान, नेपाल तामाङ समाज जापान, किरात याक्थुङ चुम्लुङ जापान, किरात राई यायोक्खा, नेवा खल जापान, र थारु कल्याणकारिणी सभा जापान रहेका छन्।

कार्यक्रमको मिडिया पार्टनरको रूपमा afnainews रहेको छ।

यो कार्यक्रमले जापानमा रहेका नेपाली आदिवासी जनजाति समुदायलाई एकताबद्ध गर्ने, उनीहरूको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने, साथै आदिवासी जनजातिका अधिकारका विषयमा जनचेतना फैलाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

आयोजक नेफिन जापानले कार्यक्रममा सबै सरोकारवालाहरूलाई उपस्थितिका लागि आयोजकले हार्दिक आह्वान गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय