टोकियो/जापान। अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास)जापान च्याप्टरको १३ अधिवेशन तथा ६७ औँ नियमित साहित्य श्रृंखला हिजो आईतबार टोकियोमा सम्पन्न भएको छ।
टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा सम्पन्न अधिवेशनले रबिन शर्माको नेतृत्वमा कायम कार्यसमितिलाई बिदाई गर्दै, अरुण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ।
अरुण पौडेलको नेतृत्वमा गठित अनेसास जापानको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा आनन्द अधिकारी,उपाध्यक्षमा शरद पोखरेल तथा दीपा घिमिरे,महासचिवमा अनिल कुमार निर्दोष,सचिवहरुमा मनोज मौसम,केबी पारखी र संगिता कुँवर,कोषाध्यक्षमा मञ्जु गिरी बन र सरिता चौधरी चयन भएका छिन् ।
त्यसैगरि,कार्यसमितिका सदस्यहरुमा नारायण पोखरेल,सरोज घिमिरे,बिनीसा सापकोटा,अज्ञात मान्छे,भगवती क्षेत्री,सुविन न्यौपाने कान्जीभाइ,यमलाल कंडेल,केशव ज्ञवाली,समर प्रेम रहेका छन् भने २ जना सदस्यलाई पछि मनोनित गरिनेछ।





