विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाले यही फेब्रुवरी ११ तारिखको दिउसो १ बजे सिनकानसेनको देशबाट कृति पहिलो पटक विमोचन साथै ओ पेङदोर्जे प्रवास विमोचन गर्दै कवि सयपत्री थुलुङ्को गाउँ फर्किरहेको परदेशी टोकियो साँझ आयोजना गर्न गइरहेको कुरा महासचिव रविन्द्र दिखुक्पाले जानकारी गराउनु भयो ।
प्रवासको ब्यस्त समयलाई बचाएर सिर्जनामा मिसाउनु अनि एक अर्काको सिर्जनालाई सम्मान गरेर नेपाली भाषा साहित्य लाई विश्वभरबाट जोगाइ राख्नु विश्वभर फैलिएका नेपाली सिर्जना प्रेमिहरूको कर्तव्य जस्तै बनिरहेको बेला सिनकानसेनको देशबाट कविता कृति पहिलो पटक पाठक माझ साक्षत्कार हुँदै भने ओ पेङदोर्जे पहिला नै पाठकहरू माझ पुगिसकेको छ।
“गाउँ फर्किरहेको परदेशी “नेपालमा विमोचन भइसकेको छ। हाल हङकङ, कोरिया, क्रोसिया, युएइ लगायत नेपालका विभिन्न ठाउँका पाठकहरुबाट एकदमै उत्साहजनक प्रतिक्रिया आइरहेको सर्जकले बताउनु भयाे ।
कविले विमोचन तथा विमर्श कार्यक्रमहरु नेपालमै भइसकेको कारण जापान कर्मभूमिबाट एकल वाचन गर्ने सोच राखेकी छिन् । यसपटक पनि कार्यक्रम भब्य हुनेछ भन्ने अपेक्षा सहित कवि थुलुङ्को कविता सुन्न र सुनकानसेनको देशबाट तथा ओ पेङदोर्जे विमोचन कार्यक्रममा उपस्थित भई कार्यक्रमको सोभा दिनु हुन विनेसाम जापानले अनुरोध रहेको छ ।





