सिन्धुपाल्चोक शेर्पा समाज सेवाको भवन निमार्ण सुरु गरेको छ । गोकर्णेश्वर नगरपालिका ४ सुन्दरटोलमा समाज सेवाले आफ्नै भवन निमार्ण सुरु गरेको हो ।

शेर्पा समाज सेवाको भवन बिधिवत रुपमा मिती २०८० माघ २२ गते सोमबार क्याब्जे ङवाङ तेन्जिङ रेन्पोर्छेबाट शिलन्यास तथा सबुम, लुबुम राख्ने कार्यक्रम सम्पन्न गरिएको छ ।

यसअवसरमा सिन्धुपाल्चोक शेर्पा समाज सेवाका अध्यक्ष बहादुर शेर्पाले सिन्धुपाल्चोकबाट काठमाडौँ आएर बसोबास शेर्पाहरुको एकरुपता गराउने उदेश्यले समाज स्थापना भएको बताउनुहुँदै आफ्नै भवन निमार्ण गर्न सके सामाजिक कामकार्य गर्न सहज हुने बताउनुभयो । उहाँले सामाजिक सेवाको संस्था भएकोले आर्थिक सहयोगका लागि देश तथा विदेशमा रहनुभएका सुन्धुपाल्चोक बासीलाई आग्रह गर्नुभयो ।

समाज सेवाका प्रमुख सल्लाहकार ल्हाक्पा ठिलेन शेर्पा (हिमाली कान्छा)ले स्थापनाकालमा सानो कोठामा बसेर समाज चलाएको स्मरण गर्दै भवन निमार्ण गर्नु समाजलाई थप मज्बुत बनाउनु भएको धारणा राख्नुभयो ।

सिन्धुपाल्चोक शेर्पा समाज सेवा भवन निमार्ण प्रचार प्रसार संयोजक पेम्बा ग्याल्जेन शेर्पाले शेर्पा समुदायको धर्म, भाषा, भेषभुषा, कलासंस्कृतिको संरक्षणका लागि शेर्पा समाज सेवा निरन्तर लागि रहेको बताउनुभयो । शेर्पा समाज सेवाको स्थापना २००१ सालमा भएको हो । समाजले सिन्धुपाल्चोक जिल्लाका शेर्पाहरुलाई एकरुपता गराउँदै आएको छ ।

@indigenousvoice

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय