सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल दूधकुण्ड जाने पदमार्ग निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

सोलुदुधकुण्ड नगरपालिकाको पहलमा यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ।

नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाका अनुसार, नयाँ पदमार्गले देश विदेशका पर्यटक तथा तीर्थयात्रीलाई हिमालको नजिक पुग्न थप सहज र आकर्षक बनाउनेछ।

उहाँले दूधकुण्ड धार्मिक, सांस्कृतिक महत्वको साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल भएकोले यहाँको पवित्रता अनुभव गर्न र शान्त वातावरणमा रमाउन अब यात्रा अझै सहज हुने बताउनुभयो।

समुन्द्री सतहबाट चार हजार ५६० मिटरको उचाइमा अवस्थित दूधकुण्ड पोखरीमा पुग्ने यात्रा अब थप रोमाञ्चक र आकर्षक बन्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय