सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिम पहिरो गएको छ । हिमपहिरोका कारण थामे गाउँ प्रभावित भएको बुझिएको छ । हिम पहिरो बाढीका रूपमा झरेपछि जिल्लाको दुधकोसी नदीमा भिषण बाढी आएको छ ।

सोलुखुम्बु सदरमुकामबाट निकै टाढा रहेको खुम्बु क्षेत्रमा बाढीले के कति क्षति भयो भन्ने विस्तृत विवरण आइसकेको छैन । दुधकोशी सोलुखुम्बु र खोटाङबबिच हुँदै बग्छ । त्यस क्षेत्रका नागरिकमा बाढीको त्रास बढेको छ ।

हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले खबर गरे पनि थप विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

उनले बाढीले थामे गाउँमा ठुलो क्षति भएको हुनसक्ने आशङ्का गरिए पनि विवरणहरू आइनसकेको बताइन् । प्रमुख जिल्ला अधिकारी खत्रीले सदरमुकामबाट तीन दिन टाढाको क्षेत्रमा उक्त घटना भएको हो ।

‘सदरमुकामबाट निकै टाढाको क्षेत्र हो । गाडीमा एक दिन र पैदल दुई दिन हिँड्नुपर्छ । त्यसैले अहिले नै केही भन्न सक्ने अवस्था छैन’, प्रजिअ खत्रीले रातोपाटीसँग भनिन् ।

सूचना आएलगत्तै त्यस क्षेत्रमा नेपाली सेना र प्रहरी परिचालन गरिएको प्रजिअ खत्रीको भनाइ छ । हिमबाढीले दुधकोशी तटीय क्षेत्रका नागरिकहरूलाई समेत प्रभाव पार्ने बुझिएको छ । आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अप्नाउन आग्रह गरेको छ ।
स्थानियहरुले भने टासिलाप्चा वेसक्याम्प नजिक रहेको तीन वटा पोखरी विष्फोट भएको अनुमान गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय