जापानमा नेपाली तामाङ समुदायको साँस्कृतिक उत्सवले रौनक थपेको छ। नेपाल तामाङ समाज जापानले आयोजना गरेको “डम्फु सेलो म्हेन्दोमाया साँझ २०२४” ले जापानमा रहेका तामाङसहित विभिन्न जातजातिका व्यक्तिहरूलाई एकै थलोमा भेला पारेको छ।

“भाषा, धर्म, कला, संस्कृतिको संरक्षण, डम्फु हाम्रो पहिचान” भन्ने मूल नारासहित आयोजित यस कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। साथै, जापानमा रहेका चर्चित तामाङ कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई अझै भव्य बनाएको थियो।

विशेष गरी तामाङ सेलो गीतको शब्द/संगीतकार जनक थोकर, नेपाल तामाङ समाज च्युबु मिए क्षेत्रीय समितिको साँस्कृतिक विभागको टोलीले प्रस्तुत गरेको म्हेन्दोमाया नाच र स्थानीय कलाकारहरुको प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। यस कार्यक्रमले जापानमा बसोबास गर्ने नेपालीहरूलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोडिन एउटा अवसर प्रदान गरेको छ। सेप्टेम्बर १५ तारिख आइतबार, टोकियोस्थित रोयल गार्डेन रेस्टुरेन्टमा आयोजित यस कार्यक्रममा नेपाल तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङको सभापतित्वमा भएको थियो।

कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामा, नेपालबाट आउनुभएका धर्म टेलिभिजनका संस्थापक अध्यक्ष सोवा रिक्पा इन्टरनेशनल कलेजका लेक्चरल तथा खेन्पो धर्मगुरु सोनाम ग्युर्मे तामाङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा धर्म गुरुले बौद्ध धर्मअनुसार पाठ पूजा गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

उहाँले बौद्ध धर्म र तामाङ जातिको मौलिक पहिचानको प्रतीक डम्फुको बारेमा विस्तृत जानकारी दिनुभएको थियो। नेपाल तामाङ समाज जापानका निवर्तमान अध्यक्ष रुविना तामाङले पनि तामाङ जाति र डम्फुको महत्त्वका बारेमा प्रकाश पार्दै यसलाई जगेर्ना गर्ने जिम्मेवारी युवा पुस्तामा निहित रहेको बताउनुभएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरुले प्रवासमा यसखाले कार्यक्रम गरी आफ्नो पहिचान अनि संस्कार ‌सं‌स्कृति बारे सबैलाइ जानकारी गराउनु महत्वपुर्ण भएकोले यसखाले कार्यक्रम निरन्तरता दिन जोड दिनुभएको थियो ।

नेपाल तामाङ समाज जापान संरक्षक तथा सरल्लाहकारहरु,जापानमा रहेका एकल जातिय संस्थाका प्रतिनिधिहरु ,बिभिन्न संघसंस्थाका अध्यक्षहरु ,तनहु भानु नगरपालिकाका मेयर इश्वर त्रिपाठी ,जापानमा रहेका तामाङ तथा गैर तामाङ समुदायहरुको उपस्थिति रहेको कार्यक्रमको उत्घाटन धर्म गुरुले धुप तथा क्ष्योमी प्रज्वलन गरेर र प्रमुख अतिथि र अन्य अतिथिहरुले धुप बालेर भएको थियो । कार्यक्रमको सभापतिमा नेपाल तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङ प्रमुख अतिथिमा नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामा रहानुभएको थियो ।

कार्यक्रमको संचालन माहसचिव जनक थोकर र सदस्य कुमार लामाले संचालन गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय