
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मत नदिने निर्णय गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज सिंहदरबारमा भएकाे छलफलले प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत नदिने निर्णय गरेकाे हाे ।
साझा एजेन्डा बनाएर प्रतिपक्षको आवाज कसरी बलियो बनाउने भन्नेबारेमा बैठकमा छलफल भएकाे र प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय भएको रास्वपाका सभापति लामिछानेले जानकारी दिनुभयाे ।
प्रधानमन्त्री ओलिले पर्सि आइतवार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।