काठमाडौं उपत्यकाका कवाडी व्यवसायीहरूले विराेध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाको मातहतमा रहेका वडा कार्यालयहरूले कवाडी हटाउने आदेश भन्दै कवाड व्यवसायीलाई ७ देखि ३५ दिनको म्याद तोकी निर्देशनात्मक अनुरोध भनि पत्र पठाएसँगै व्यवसायीहरूले विराेध प्रदर्शन सुरु गरेका हुन् ।

आइतबार उनीहरूले बुद्धनगरमा विराेध प्रदर्शन गरेका छन् । उनीहरूले न्यून आर्थिक अवस्थाका लाखौँ नागरिकको रोजीरोटी खोसिने भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

सरकारले सरसफाइका लागि लगानी गर्नुको साटो कवाड पेशाकर्मी तथा व्यवसायीले राज्यलाई तिरो तिरेर व्यवसाय चलाइरहँदा समेत विस्थापित बनाउन खोजेको आरोप लगाए ।

आइतबार कवाडी समुदायको जुलुस शंखमुलदेखि त्रिपुरेश्वर, सुन्धारा हुँदै प्रदर्शनीमार्ग काठमाडौं पुगेर विराेधसभामा परिणत भएको छ ।

सभामा नेपाल राष्ट्रिय कवाडी व्यापारी व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले आजको र्‍याली काठमाडौं महानगरपालिकाले व्यवसायलाई राज्यको कानुनविपरीत दमनकारी कार्यक्रम ल्याएकाले आन्दोलन गर्नुपरेको बताए ।आन्दाेलनमा सहभागी सञ्जय साहले महानगर प्रमुख बालेन्द्र शाहले कवाडी व्यवसायीलाई तल्लो वर्गको सोचेर भेट्न नदिएको आरोप लगाए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय