सोलुखुम्बु जिल्ला भित्रका याक तथा चौरीपालक कृषकहरुको साझा संस्था याक तथा चौरी व्यवसायी संघ नेपाल (Ycan) को लोगों विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुराईएको छ ।

याक तथा चौरी कृषक महासंघको सदस्य संस्थाको रुपमा याक तथा चौरी संरक्षणको क्षेत्रमा काम गदै आइरहेको वाईक्यानको लोगो यहि मे २३, २०२४ अर्थात् बि. सं. २०८१ जेष्ठ १० गते बिहान ५ बजे खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ४ खुम्जुङका प्रबतारोहि पासाङ रिन्जी शेर्पाले वाइक्यानको लोगो विश्वको सर्वोच्च शिखरमा फर्फराएका पुराएको हो ।

हिमाली क्षेत्रको जैविक विविधताको संरक्षण, पर्यटन प्रवर्द्धन, नेपाली संस्कार संस्कृतिको संरक्षण सँगै सिङ्गो हिमालको अस्तित्व रक्षाका लागि महत्वपूर्ण भूमिका खेल्ने याक चौरीको लोप भइरहेको परिपेक्षमा जलवायु परिवर्तनका कारण हिमाल र याकपालनमा परेको असर सँगै लोपोन्मुख अवस्थामा रहेको याक तथा चौरीको संरक्षण गर्नु पर्ने सन्देश विश्वलाई प्रवाह गरी यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गर्न संघको लोगों विश्वको सर्वोच्च शिखरमा पुराएको संघले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय