कोशी प्रदेश नामकरणको एक वर्ष पुगेको छ । तर, पहिचानवादीहरूले कोशी नामकरणको निरन्तर विरोध गर्दै पुनः नामाङ्कनको माग गर्दै आइरहेका छन् ।

गत वर्षको फागुन १६ गते कोशी प्रदेशसभाको बैठकले विवादका बीच प्रदेश १ को नाम कोशी प्रदेश राख्ने निर्णय गरेको थियो । एक वर्ष पुगेकै अवसरमा बिहीबार प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले राजधानीमा कालो दिन मनाएको छ ।

काठमाडौँको उपत्यकामा बसोबास गर्ने पहिचान पक्षधर कोशी प्रदेशबासीहरुले तिनकुनेमा कोशी नाम खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले फागुन १६ लाई कालो दिनको रुपमा लिँदै प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले कोशी नामकरण खारेजीको माग लेखिएका विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।
@Ratopati

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय